नेपाल–चीन संयुक्त संयन्त्रको तेस्रो बैठक जुनमा बस्ने
सारांश
- नेपाल–चीन परियोजना सहजीकरण संयन्त्रको तेस्रो बैठक आगामी जुन २०२६ मा नेपालमा बस्ने भएको छ ।
- बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नेछन् भने चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन् ।
- यसैबिच, दक्षिण–पूर्वी एसियाका विभिन्न मुलुकमा गैरकानुनी रूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा बन्धक बनाइएका नेपालीहरूको उद्धार कार्यलाई सरकारले तीव्रता दिएको छ ।
काठमाडौँ । नेपाल र चीनबिचको परियोजना सम्बन्धी सहजीकरण संयन्त्रको तेस्रो बैठक आगामी जुन २०२६ मा नेपालमा बस्ने भएको छ ।
सन् २०१८ जुन २१ मा दुई देशबीच सम्पन्न ‘नेपाल–चीन सहकार्य कार्यक्रम तथा परियोजनाहरूको कार्यान्वयन सहजीकरण संयन्त्र स्थापना सम्बन्धी समझदारीपत्र’ अनुसार यो बैठक बस्न लागेको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकेन्द्रबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार उक्त बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नेछन् भने चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन् । बैठकमा चीन सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाहरूको प्रगतिको समीक्षा गरिनुका साथै तिनको प्रभावकारी कार्यान्वयनका विषयमा ठोस छलफल हुने बताइएको छ ।
यसैबिच, दक्षिण–पूर्वी एसियाका विभिन्न मुलुकमा गैरकानुनी रूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा बन्धक बनाइएका नेपालीहरूको उद्धार कार्यलाई सरकारले तीव्रता दिएको छ । थाइल्याण्ड र म्यानमारस्थित नेपाली नियोगहरू तथा स्थानीय सरकारी निकायहरूको बलियो समन्वयमा पछिल्लो दुई हप्तामा थप ७१ जना नेपालीको उद्धार गरी सुरक्षित रूपमा नेपाल फर्काइएको छ । यसअघि ६१६ जनाको उद्धार भइसकेको मन्त्रालयले जनाएको छ । हालसम्म उद्धार गरिएका कुल संख्यामध्ये कम्बोडियाबाट ५६२ जना, म्यानमारबाट १११ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना रहेका छन् ।
मन्त्रालयले सरकारको शासकीय सुधार सम्बन्धी कार्यसूचीबारे पनि जानकारी गराएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत १०० बुँदे कार्यसूचीमध्ये परराष्ट्र मन्त्रालयको जिम्मामा २४ वटा बुँदा रहेका थिए । जसमध्ये हालसम्म ११ वटा बुँदा पूर्ण रूपमा सम्पन्न भइसकेका छन् भने बाँकी १३ वटा बुँदाहरू चालू अवस्थामा रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीले कार्यालय पोसाकमा खिचिएका फोटो/भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने (आचारसंहिताको पूर्णपाठ)
-
फ्रान्ससँग भिडन्त अगाडि मोरक्कोलाई ठुलो धक्का
-
ठूला नदीमा बहाव सामान्य, साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम
-
गरुडा–कटहरिया सडक जीर्ण, तत्काल मर्मत नभए आवागमन ठप्प हुने चिन्ता
-
तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि...
-
बालबालिकालाई सधैँका लागि प्रचुर मात्रामा तरकारी खाने बानी कसरी बसाल्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण