खानेपानी महसुलमा कर नलगाउन महासङ्घको आग्रह
सारांश
- खानेपानी उपभोक्ता समितिले उठाउने महसुलमा कर नलिन सरोकारावालाहरुले सरकारसँग माग गरेका छन् ।
- राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका अध्यक्ष खेमराज वलीले खानेपानी महसुलमा सरकारले लिने २५ प्रतिशत कर छुट हुनुपर्ने बताए ।
- सरोकारवालाहरूले सरकारले २०८१ जेठमा बजेट ल्याउँदा कर छुट दिएको र २०८२ को बजेटमा फेरि कर लगाउने नीति लिएकोमा असन्तुष्टि जनाएका छन् ।
काठमाडौँ । खानेपानी उपभोक्ता समितिले उठाउने महसुलमा कर नलिन सरोकारावालाहरुले सरकारसँग माग गरेका छन् । शुक्रबार काठमाडौँको बबरमहलमा आयोजित राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घको साधारण सभाका प्रतिनिधिहरूले जेठ १५ मा ल्याउने बजेटमा कर छुट दिन माग गरेका हुन् ।
राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका अध्यक्ष खेमराज वलीले खानेपानी महसुलमा सरकारले लिने २५ प्रतिशत कर छुट हुनुपर्ने बताए । उनले भने- ‘गैरनाफामुलक उपभोक्ता समितिहरुले खानेपानी मर्मत सम्भारका लागी लिने महसुलमा लगाइने कुर छुट हुनुपर्छ ।’
सरकारले २०८१ जेठमा बजेट ल्याउँदा कर छुट दिएको र २०८२ को बजेटमा फेरि कर लगाउने नीति लिएकोमा सरोकारवालाहरूले असन्तुष्टि जनाएका छन् । महासङ्घको सातौँ साधारण सभामा प्रमुख अतिथिको रूपमा उपस्थित प्रतिनिधिसभा सदस्य सुशान्त वैदिकसँग प्रतिनिधिहरूले त्यसबारे सरकारसँग पहल गरिदिन माग गरे ।
राष्ट्रियसभा सदस्य जगत तिम्सिनाले सरकारले जेठ १५ मा ल्याउने बजेटमा खानेपानी महसुलमा कर छुट दिनुपर्ने बताए । उनले भने, ‘खानेपानी महसुलमा कसर छुट हुनुपर्छ ।’ तिम्सिना राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्य पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण