नक्कली नेपाली रुपैयाँ छाप्ने गिरोह पक्राउ
सारांश
- रुपन्देहीमा प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ।
- पक्राउ परेका दुई जनाबाट नक्कली नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैँची र तयारी अवस्थामा रहेका नक्कली नोटसहितका सामग्री बरामद गरिएको छ।
- प्रहरीले गोप्य सूचनाको आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
बुटवल । रुपन्देहीमा नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट कम्प्युटर, प्रिन्टर तथा नक्कली नोटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश सिद्धार्थनगर नौगढ ककरहवाका ३८ वर्षीय अब्दुल हमिद र रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिनाका २२ वर्षीय अनिल पासी ‘विक्की’ रहेका छन् ।
प्रहरीले प्रारम्भिक अनुसन्धान तथा खोजतलासका क्रममा नोट छाप्न प्रयोग गरिने उपकरण, कैँची तथा प्रिन्ट भइसकेका र प्रिन्ट गर्न बाँकी अवस्थाका नक्कली नोटसहितका सामग्री बरामद गरेको जनाएको छ ।
प्रहरीले बिहीबार राति उनीहरूलाई पक्राउ गरे पनि शुक्रबार साँझ मात्रै प्रेस विज्ञप्तिमार्फत घटनाबारे सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एउटै नम्बर ९ङ २५ ०२४९१२० रहेका ५०० दरका ३० थान तयारी नक्कली नोट, १००, ५०० र १००० दरका प्रिन्ट भई कटिङ गर्न बाँकी ७ थान नोट, १ थान सिपियु, १ थान प्रिन्टर र १ थान मोनिटर बरामद गरिएको छ। यसैगरी ४ रिम प्रिन्ट पेपर, २ थान मोबाइल र १ थान कैँची पनि बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीमाथि थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
-
कक्षा १–५ सम्म आन्तरिक परीक्षा स्थगन सरकारको कार्यसूचीमा मात्रै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण