एमाले बैठक
योगेश भट्टराईले मागे ओलीको राजीनामा
शनिबार, ०९ जेठ २०८३, १८ : १६
सारांश
- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।
- शनिबार अध्यक्ष ओली निवास गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेता भट्टराईले अध्यक्ष ओलीको राजीनमा मागेका हुन् ।
- भट्टराईले संकटबाट पार्टी जोगाउन ओलीले राजीनामा दिनुपर्ने र पार्टी पुनर्गठनमा सहयोग गर्नुपर्ने बताएका छन् ।
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।
शनिबार अध्यक्ष ओली निवास गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेता भट्टराईले अध्यक्ष ओलीको राजीनमा मागेका हुन् ।
‘अहिलेको संककटबाट पार्टीलाइ जोगाउन अध्यक्षज्युले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ र पार्टी पुनगर्ठन गर्न सहयोग गर्नुपर्छ’, बैठकमा भट्टराईको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘अब यसैगरी पार्टी आन्दोलन चल्दैन ।’
शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको बताइएको हो । अर्को बैठक आइतबार बस्ने उपमहासचिव लेखराज भट्टले जानकरी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण