महासचिव शंकर पोखरेलले ओलीलाई भने, यथास्थितिमा अघि बढ्न सकिँदैन, मार्ग प्रशस्त गर्नुस्
सारांश
- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढेको छ ।
- महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठनको आवाज ठुलो रहेको र यथास्थितिमा अघि बढ्न नसक्ने भन्दै ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।
- शुक्रबार चार उपाध्यक्षले राजीनामा मागेकामा शनिबार महासचिव पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले पनि सोही माग गरेका हुन् ।
काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढेको छ । शुक्रबारको बैठकमा चार उपाध्यक्षले अध्यक्ष ओलीको राजीनामा मागेकोमा शनिबार पनि महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले अध्यक्ष ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न भनेका हुन् ।
यसअघि अध्यक्ष ओलीलाई साथ दिँदै आएका महासचिव शंकर पोखरेलले शनिवारको बैठकमा खुलेरै ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको एक नेताले बताए ।
‘पार्टी पुनर्गठनको आवाज ठुलो छ । अव पार्टी यतिकै अवस्थामा अघि बढ्न सक्दैन’, महासचिव पोखरेलले बैठकमा भनेका छन्, ‘यथास्थितिबाट अघि बढ्न सकिँदैन ।’ पोखरेलले राजीनामाको शब्द प्रयोग नगरेर मार्ग प्रशस्त भन्ने शब्द प्रयोग गरेका थिए । तर, बैठकमा उपमहसचिव योगेश भट्टराईले भने राजीनामा शब्द नै प्रयोग गरेका थिए ।
पोखरेल र भट्टराईबाहेक शनिवारको बैठकमा उपमहासचिव रघुवीर महासेठ, लेखराज भट्ट लगायतले पनि आफ्नो धारणा राखेका थिए ।
त्यस्तै सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, महेश बस्नेत, हिक्मत कार्की लगायतले अहिलेको पार्टीको अवस्थाबारे आफ्ना धारणा राखेका थिए ।
भोलिको बैठकमा शेरधन राई,भानुभक्त ढकाल, खगराज अधिकारी र यमलाल कँडेलले धारणा राखेपछि बैठक सकिने छ ।
यसअघि शुक्रबार उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल,पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्टले धारणा राखेका थिए ।
उपाध्यक्ष थापाबाहेकका नेताहरूले पार्टी पुनर्गठनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले थुनियो पोखराको सेती नदी (तस्बिरहरू)
-
राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तह गरी ९५ जनप्रतिनिधिका पद रिक्त, उपनिर्वाचन अनिश्चित
-
शिक्षा र स्वास्थ्यका लागि राज्यलाई जिम्मेवार बनाउनुपर्छ : शङ्कर पोखरेल
-
बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह
-
राजस्थान रोयल्स सेटलमेन्ट विवादमा राज कुन्द्रालाई झट्का, लन्डन उच्च अदालतद्वारा ५० लाख डलर फिर्ता गर्न आदेश
-
तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण