बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

शनिबार, ०९ जेठ २०८३, १८ : ३५
शनिबार, ०९ जेठ २०८३

सारांश

  • काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै पहिलो जित निकालेको छ ।
  • जितसँगै नेपाल समूह ए मा ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ भने भारत शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • प्रतियोगितामा उज्बेकिस्तान, किर्गिस्तान, ताजकिस्तान, कजाखस्तान, भारत, माल्दिभ्स, श्रीलंका र नेपालसहित आठ राष्ट्रले सहभागिता जनाएका छन् ।

काठमाडौँ । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । 

नेपालले पहिलो सेट २५–१८, दोस्रो सेटमा २५–२० र तेस्रो सेट २५–१३ ले जितेको थियो ।

 जितसंगै समूह ए मा नेपाल ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ भने ५ अंकसहित शीर्ष स्थानमा रहेको भारत सेमिफाइनल प्रवेश गरेको छ । 

त्यस्तै शनिबार नै भएको खेलमा भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको छ । भारतले माल्दिभ्सलाई २५–९,२५–१४ र २५–१७ को सोझो सेटमा पराजित गरेको हो ।

त्यस्तै शनिबारको अर्को खेलमा कजाकस्तानले श्रीलंकामाथि सोझो सेटमा जित निकाल्न सफल भयो । खेलमा कजाकस्तानले २५–९,२५–१८ र २५–१५ ले बिजयी भएको हो । प्रतियोगीता अन्तर्गत आइतबार नेपालले माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगितामा उज्बेकिस्तान, किर्गिस्तान, ताजकिस्तान, कजाखस्तान, भारत, माल्दिभ्स, श्रीलंका र नेपालले सहभागिता जनाएका छन् ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल जेठ १५ गते हुने नेपाल भलिबल संघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप