बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जसपा नेपालको बैठकमा चुनावी हारको समीक्षा

शनिबार, ०९ जेठ २०८३, १९ : ०७
शनिबार, ०९ जेठ २०८३

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकमा प्रतिनिधि सभा निर्वाचन २०८२ को समीक्षा गरियो ।
  • बैठकमा पार्टीले चुनावमा एक सीट पनि जित्न नसक्नुमा आन्तरिक कारणभन्दा विदेशी भूमिका र नेपाली सेनाको हस्तक्षेप रहेको नेताहरूले औंल्याए ।
  • निर्वाचनको समीक्षा, संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार र आगामी रणनीतिबारे बैठकमा छलफल भएको छ ।

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । 

बैठकको पहिलो दिन शनिबार प्रतिनिधि सभा निर्वाचन २०८२ को समीक्षा सम्बन्धी छलफल भएको छ। फागुन २१ सम्पन्न चुनावमा जसपा नेपाल एक सीट पनि जित्न सकेको थिए । त्यसमा पार्टीको आन्तरिक कारण भन्दा पनि विदेशी भूमिका रहेको कुरा नेताहरुले उठाएको बताइएको छ । 

विगगमा पार्टीले गरेको कमी कमजोरी एउटा कारण भएपनि विदेशी भूमिका समेत कुरा बैठकमा उठेकोएक नेताले बताए । 

केही केन्द्रीय सदस्यहरुले चुनावमा नेपाली सेनाको अनावश्यक हस्तक्षेप रहेको पनि कुरा बैठकमा राखेका थिए ।
बैठकमा निर्वाचनको समग्र समीक्षा, संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार तथा आगामी रणनीतिबारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिएको केन्द्रीय सदस्य शैलेन्द्र साहले बताए ।  

पहिलो दिनको बैठकमा केन्द्रीय सदस्यहरु बिनोद सिंह, चन्देश्वर पासमान, मुकेश झा, बलविर नेपाली, अम्बिका काफ्ले, हेम्मा बेलवासे, निलम यादव, चमेली दास तत्मा, पिंकी यादव, शैलेन्द्र साह, उमेश यादव, निर्मला यादव, परमेश्वर साह, रेणु झा, अशेश्वर यादव, रेणु यादव, सबिता यादव, दिपक कार्की, लाक्पा शेर्पा, लिला सिटौला, सिता यादव, रेखा यादव, डा. सुरेन्द्र झा र तारा बिश्वकर्माले आआफ्नो धारणा राखेका थिए । 

बैठक आइतबार पनि बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप