ह्यारी केनको सनसनीपूर्ण ह्याट्रिक, बायर्नले जित्यो जर्मन कप
सारांश
- इंग्ल्याण्डका कप्तान ह्यारी केनको उत्कृष्ट ह्याट्रिकको मद्दतले बायर्न म्युनिखले स्टुटगार्टलाई पराजित गर्दै जर्मन कपको उपाधि जितेको छ।
- यस जितसँगै बायर्नले यो सिजन घरेलु लिग र कप दुवै जित्दै डबल पूरा गरेको छ।
- बर्लिनस्थित ओलम्पियास्टाडियोनमा भएको फाइनल खेलमा बायर्नले २१ औँ पटक जर्मन कपको उपाधि चुमेको हो।
बर्लिन । इंग्ल्याण्डका कप्तान ह्यारी केनको दोस्रो हाफको उत्कृष्ट ह्याट्रिकको मद्दतले बायर्न म्युनिखले स्टुटगार्टलाई पराजित गर्दै जर्मन कपको उपाधि जितेको छ। यस जितसँगै बायर्नले यो सिजन घरेलु लिग र कप दुवै जित्दै डबल पूरा गरेको छ।
बर्लिनस्थित ओलम्पियास्टाडियोनमा भएको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५५ औँ मिनेटमा माइकल ओलिसेको ब्याक-पोस्ट क्रसलाई केनले डाइभिङ हेडिरमार्फत गोल गर्दै भिन्सेन्ट कोम्पनीको टोली बायर्नलाई सुरुवाती अग्रता दिलाए।
टोटनह्यामका पूर्वस्ट्राइकरले खेल सकिन १० मिनेट बाँकी छँदा लुइस डियाजको पासलाई नियन्त्रणमा लिँदै व्यक्तिगत दोस्रो गोल गरे। त्यसपछि खेलको इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै उनले टोलीको जित सुनिश्चित गरे भने लगातार दोस्रो खेलमा आफ्नो ह्याट्रिक समेत पूरा गरे।
उनले यो सिजन कुल ५१ खेल खेल्दै ६१ गोलको अविश्वसनीय कीर्तिमान बनाएका छन्। बायर्नले यसअघि नै मे महिनाको सुरुवातमै लगातार दोस्रो सिजन बुन्डेसलिगाको उपाधि जितेको थियो भने गत अगस्टमा जर्मन सुपरकप पनि आफ्नो पोल्टामा पारेको थियो। सन् २०२३ मा जर्मन क्लब भित्रिएयता केनले कुल चारवटा ट्रफी जितिसकेका छन्।
सेबास्टियन होनेसको टोली स्टुटगार्टविरुद्ध बायर्नले निकालेको यो सहज जितसँगै क्लबले २१ औँ पटक जर्मन कपको उपाधि चुमेको हो। बायर्नले सन् २०१९–२० को सिजनपछि पहिलो पटक यो उपाधि हात पार्न सफल भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण