‘रोल नं १’को इमाेशनल गीत ‘मेरो लागि तिमी’ सार्वजनिक
सारांश
- फिल्म 'रोल नं १'को 'मेरो लागि तिमी' बोलको भावनात्मक गीत सार्वजनिक भएको छ ।
- गीतले सन्तानका लागि अभिभावक र अभिभावकका लागि सन्तानको महत्व दर्शाएको छ ।
- विद्यार्थीको मनोविज्ञान र शैक्षिक प्रणालीको नकारात्मक प्रभावमा आधारित यो फिल्म जेठ १५ गते प्रदर्शनमा आउनेछ ।
काठमाडौँ । फिल्म ‘रोल नं १’को इमोशनल गीत `मेराे लागि तिमी´ सार्वजनिक भएकाे छ । गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले सन्तानका लागि आमा–बुबा र आमा–बुबाका लागि सन्तान कति महत्वपूर्ण छन् भन्ने देखाएको छ ।
सन्तानका लागि आमा–बुबा नै ईश्वर र मन्दिर हुन् भन्ने वास्तविकता यो गीतको मुख्य सन्देश रहेको छ । आफ्नो भाग्य समेत नकोरी सन्तानका लागि त्याग र संघर्ष गर्ने आमा–बुबाको महानता तथा मायालाई केन्द्रमा राखेको गीतले फिल्मको सेन्ट्रल पोइन्ट के हो भन्ने बताएको छ ।
सन्तानको खुुसी र उज्वल भविष्यका लागि जस्तो सुकै हन्डर र दुःख सहन तयार अभिभावकलाई केन्द्रमा राखेर तयार भएको गीतले फिल्मले दर्शकलाई के देखाउँदैछ भनेर प्रस्ट संकेत गरेको छ ।
गीतको भिडियोमा फिल्ममाका मुख्य कलाकार फिचर्ड छन् ।
विनोद पौडेलको निर्माण रहेको फिल्म जेठ १५ गते प्रदर्शनमा आउँदै छ । यो फिल्मले विद्यार्थीको मनोविज्ञानको कथा भन्ने निर्माणपक्षले बताएको छ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो फिल्ममा समेटेको बताइएको छ ।
जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । फिल्ममा बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । फिल्मको डीओपी शिवराम श्रेष्ठ रहेका छन् ।
फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । फिल्मका सम्पादक मदन घिमिरे हुन् ।
निर्माता पौडेलका अनुसार यो फिल्म नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण