कञ्चनपुरमा रेस्टुरेन्ट सञ्चालकमाथि आक्रमण, प्रहरीले अनुसन्धान गर्दै
आइतबार, १० जेठ २०८३, १२ : ०७
सारांश
- कञ्चनपुरको भीमदत्त नगरपालिकामा एक रेस्टुरेन्ट सञ्चालकलाई अर्को समूहले आक्रमण गरेको छ ।
- युवाहरूको समूहले ग्राण्ड प्यासेफिक रेस्टुरेन्टका सञ्चालक गोविन्द चन्दलाई रेस्टुरेन्टभित्रै प्रवेश गरी कुटपिट गरेको छ ।
- घटनामा संलग्नहरूको खोजी तथा अनुसन्धान प्रहरीले गरिरहेको छ ।
काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–४ स्थित एक रेस्टुरेन्ट सञ्चालकलाई अर्को समूहले आक्रमण गरेको छ । शनिबार राति ९ बजेतिर युवाहरूले ग्राण्ड प्यासेफिक रेस्टुरेन्टका सञ्चालकलाई आक्रमण गरेका हुन् ।
रेष्टुरेण्टभित्र प्रवेश गरेका युवाहरूको आक्रमणबाट रेस्टुरेन्ट सञ्चालक गोविन्द चन्द घाइते भएका छन् । सुरु दुई जना युवाहरू प्रवेश गरेर टेबलमा बसिरहेका चन्दलाई आक्रमण सुरु गरेका थिए ।
पछि अचानक थप युवाहरू प्रवेश गरेर कुटपिट गरेको सीसीभिटी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ । घटनामा संलग्नहरुकाे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर वीरेन्द्रसिंह थापाले रातोपाटीलाई बताए । उनले भने- ‘गएरातिको घटनाको हामी त्यसबारे अनुसन्धान गर्दैछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण