शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा सन्तान पढाउन अस्थायी बसोबास गरेका ५० महिलालाई अटो ड्राइभिङ तालिम

आइतबार, १० जेठ २०८३, १२ : ४३
आइतबार, १० जेठ २०८३

सारांश

  • कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरमा सन्तान पढाउन अस्थायी बसोबास गरिरहेका ५० आमाहरूलाई ३० दिने अटो ड्राइभिङ तालिम दिएको छ ।
  • सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले महिलाहरूको लागि सामाजिक सशक्तीकरण र आत्मनिर्भर बन्नका लागि सीपयुक्त तालिमको व्यवस्था गरिएको बताए ।
  • यसअघि वीरेन्द्रनगर नगरपालिकाले पनि यस्तै कार्यक्रम चलाएको थियो र हाल दुई दर्जनभन्दा बढी महिलाहरू अटो सञ्चालन गरेर जीविकोपार्जन गरिरहेका छन् ।

‎‎सुर्खेत । कर्णाली प्रदेश सरकारले  वीरेन्द्रनगरमा सन्तान पढाउन अस्थायी बसोबास गरिरहेका आमाहरूका अटो ड्राइभिङ तालिम दिएको छ । ‎सीप विकास तालिम अन्तर्गत उनीहरूलाई ३० दिने तालिम दिइएको हो ।

‎‎तालिममा कर्णालीका विभिन्न स्थानका ५० जना आमाहरू सहभागी थिए, जो वीरेन्द्रनगर सहरमा आफ्ना छोराछोरीलाई अध्ययन गराउन बसिरहेका थिए।

‎‎तालिमको समापन सत्रमा सहभागी सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले महिलाहरूको लागि सामाजिक सशक्तीकरण र आत्मनिर्भर बन्नका लागि सीपयुक्त तालिमको व्यवस्था गरिएको बताए।

‎‎'सीपलाई व्यावसायिक रूपमा कार्यान्वयन गर्न सुझाव दिन्छु, ' उनले भने, 'आत्मनिर्भरको लागि आफैँले केही न केही स्वरोजगारमूलक कार्यमा लाग्नु आवश्यक हुनुभएकाले यस्ता कामहरूमा सरकारले सदैव सहयोग गर्ने छ ।'

1779603581860

‎‎यसअघि अचार बनाउने, चुरा पोते बनाउने, केक बनाउने, च्याउ उत्पादन, सिलाई कटाई तालिम समेत सञ्चालन गरिसकिएको पनि भण्डारीले बताए।

‎‎यसअघि वीरेन्द्रनगर नगरपालिकाले पनि यस्तै कार्यक्रम चलाएको थियो। अहिले वीरेन्द्रनगरमा दुई दर्जन धेरै महिलाहरू अटो सञ्चालन गरेर जीविकोपार्जन गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप