रुसले शक्तिशाली हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गर्यो : जेलेन्स्की
किएभ । युक्रेनका राष्ट्रपति भ्लोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक आक्रमणका क्रममा शक्तिशाली हाइपरसोनिक ‘ओरेसनिक’ ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेका छन् ।
आणविक वा परम्परागत दुवै प्रकारका हतियार बोक्न सक्षम उक्त क्षेप्यास्त्र युक्रेनमा प्रयोग भएको यो तेस्रो पटक भएको बताइएको छ । राष्ट्रपति जेलेन्स्कीका अनुसार उक्त मिसाइलले किएभ क्षेत्रको बिला सेरक्वा सहरलाई निशाना बनाएको थियो, यद्यपि वास्तविक लक्ष्य तत्काल स्पष्ट हुन सकेको छैन ।
यसअघि रुसले पहिलो पटक नोभेम्बर २०२४ मा युक्रेनी सहर ड्निप्रोमा बहु–वारहेडयुक्त ओरेसनिक क्षेप्यास्त्र प्रयोग गरेको थियो भने दोस्रो पटक जनवरी महिनामा पश्चिमी लिभिभ क्षेत्रमा प्रयोग गरिएको बताइएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार ‘ओरेसनिक’ नाम रूसी भाषामा हेजलनट रूखसँग सम्बन्धित छ । उनले उक्त क्षेप्यास्त्र ध्वनिको गतिभन्दा करिब १० गुणा अर्थात् म्याक १० गतिमा यात्रा गर्न सक्षम रहेको र यसले भूमिगत बङ्करहरू तीनदेखि चार तला वा अझ गहिराइसम्म ध्वस्त पार्न सक्ने दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण