आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

बुद्धिचाल महासङ्घको कार्यसमिति विघटन, तदर्थ समितिमा दिपेन राई

आइतबार, १० जेठ २०८३, २१ : ४५
आइतबार, १० जेठ २०८३

काठमाडौँ । नेपाल बुद्धिचाल महासङ्घको कार्यसमिति विघटन गरिएको छ । काठमाडौँमा आइतबार आयोजित साधारण सभाले हेराकाजी महर्जन नेतृत्वको मौजुदा कार्य समिति विघटन गरेको हो ।

अध्यक्ष महर्जन र महासचिव धरम बहादुर लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि आयोजित विशेष साधारण सभाले अविश्वासको प्रस्ताव पारित गरेको छ । कार्यसमितिले अविश्वासको प्रस्तावबारे छलफल गर्न हेटौँडामा साधारण सभा आयोजन गर्ने निर्णय गरे पनि बहुमत प्रतिनिधिहरूले काठमाडौँमा साधारण सभा गरेर दिपेन राईको अध्यक्षतामा तदर्थ समिति गठन गरेका छन् ।

तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली, उपाध्यक्षमा तारा बहादुर रानाभाट र विश्व घिमिरे चयन भएका छन् । धन बहादुर बोगटी र विजय वध लावतीलाई महासचिव चयन गरिएको छ । वीरबहादुर राउत कोषाध्यक्ष भएका छन् ।

सदस्यहरूमा कृषमाकर काफ्ले, उमेश शाह सोनार, भगवती अधिकारी, दिनेश थापा, दिर्घराज अधिकारी, धर्मी खड्का, सबिना लामगादे, टिका देवी भण्डारी, लक्ष्मी कन्दङ्वा र अन्जु शाह चयन भएका छन् ।

साधारण सभामा पूर्व उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र खाइजु र अरुण शंकर वैद्य लगायतका अधिकारीहरू उपस्थित थिए । तदर्थ समितिले ३ महिनाभित्र सङ्घको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ ।

यस अघि महर्जन अध्यक्षतामा रहेको सङ्घमा मनोमान गरेको, आर्थिक अनियमितता गरेको र फिडेमा गलत रिपोर्ट पठाएको आरोप लगाइएको छ । कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका खेलकुद विभाग सदस्य शिव सिलवाल थिए।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप