इक्वेडर भर्सेस कुरासाओः नकआउट समीकरणका लागि दुवै टोलीलाई जित्नै पर्ने दबाब
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'इ' को खेलमा आज इक्वेडर र कुरासाओबिच प्रतिस्पर्धा हुँदैछ, जसमा दुवै टोलीलाई नकआउट चरणमा पुग्न जित्नै पर्ने दबाब छ ।
- पहिलो खेलमा पराजित भएको इक्वेडर अंकविहीन हुँदै तेस्रो स्थानमा छ भने, पहिलो खेलमा फराकिलो हार बेहोरेको कुरासाओ पुछारमा छ ।
- जर्मनी नकआउट चरणमा पुगिसकेको छ र यो खेलले समूहबाट दोस्रो स्थानमा कसले स्थान बनाउँछ भन्ने कुराको फैसला गर्नेछ ।
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को अर्को महत्त्वपूर्ण खेलमा आज इक्वेडर र कुरासाओबिच प्रतिस्पर्धा हुँदै छ । अमेरिकाको क्यानसास सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आइतबार बिहान ५ः४५ बजे सुरु भएकाे हाे । समूहका दुवै टोलीका लागि अघिल्लो चरण (राउण्ड अफ ३२) को सम्भावना जीवितै राख्न आजको खेलमा जित निकाल्नु अनिवार्य जस्तै बनेको छ ।
यसअघि भएको आफ्नो पहिलो खेलमा इक्वेडर आइभरी कोस्टसँग १–० गोलको झिनो अन्तरले पराजित भएको थियो । कुनै अंक जोड्न नसकेको इक्वेडर हाल तालिकाको तेस्रो स्थानमा छ । अर्कोतर्फ, विश्वकपमा नवप्रवेशी राष्ट्र कुरासाओले आफ्नो पहिलो खेलमा जर्मनीसँग ७–१ को फराकिलो हार बेहोरेको थियो । अंकविहीन कुरासाओ खराब गोल अन्तरका कारण समूहको पुछारमा रहेको छ ।
यसै समूहमा जर्मनीले लगातार दुई जितका साथ ६ अंक जोडेर अघिल्लो चरण (नकआउट) मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । आइतबार राति भएको रोमाञ्चक खेलमा आइभरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्दे जर्मनी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । आइभरी कोस्ट २ खेलबाट ३ अंकका साथ दोस्रो स्थानमा छ । आजको खेलमा यदि इक्वेडर विजयी भएमा उसको पनि ३ अंक हुनेछ र समूहको दोस्रो स्थानका लागि आइभरी कोस्टसँग उसको प्रतिस्पर्धा निकै रोचक बन्नेछ ।
यदि कुरासाओ विजयी भएमा उसले पनि ३ अंकका साथ अघिल्लो चरणको आशा कायमै राख्नेछ । तर, आजको खेलमा पराजित हुने टोलीका लागि भने विश्वकपको यात्रा समूह चरणमै सकिने खतरा बढ्नेछ । बराबरीको नतिजा आएमा दुवै टोलीलाई फाइदा हुने छैन र यसले आइभरी कोस्टलाई दोस्रो स्थानमा रहन थप सहज बनाउनेछ ।
जर्मनी अघिल्लो चरण पुगिसकेको अवस्थामा यो समूहबाट दोस्रो टोलीको रूपमा को अघि बढ्छ भन्ने कुराको फैसला आजको खेलले धेरै हदसम्म गर्नेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण