अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित
सारांश
- अत्यधिक गर्मीले कञ्चनपुरका पालिकाले विद्यालयमा बिदा दिन थालेका छन् ।
- विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी गर्मी बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको छ ।
- तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित भएको छ ।
कञ्चनपुर । अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका स्थानीय पालिहरूले विद्यालयमा बिदा दिन थालेका छन् । विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही स्थानीय पालिकाले गर्मी बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिने गर्ने निर्णय गरेका हुन् ।
भीमदत्त नगरपालिकाले जेठ ११ गतेदेखि १३ गतेसम्म नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयमा बिदा दिएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले बिदा दिने निर्णय गरिएको छ । उहाँका अनुसार उक्त बिदा गर्मी बिदाबाट कट्टा हुनेछ ।
त्यसैगरी कृष्णपुर नगरपालिकाले पनि आइतबारदेखि लागू हुने गरी तीन दिनका लागि नगरपालिका क्षेत्रका सबै विद्यालयमा बिदा दिएको छ ।
नगर प्रमुख हेमराज ओझाले अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठन प्रभावित हुन थालेपछि विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर बिदा दिइएको बताए ।
यस्तै शुक्लाफाँटा नगरपालिकाले पनि गर्मीको अवस्थालाई मध्यनजर गरी छलफल गरेर बिदा दिने विषयमा निर्णय गरिने जनाएको छ । नगरपालिका शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले मौसमको अवस्थालाई निरन्तर निगरानीमा राखिएको बताए ।
गर्मीका कारण बालबालिकामा टाउको दुख्ने, कक्षाकोठामै निदाउने तथा अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुने समस्या देखिन थालेको शिक्षकहरूले बताउनु भएको छ । “धेरै विद्यालयका कक्षाकोठामा पङ्खा छैनन्, भएका केही पङ्खा पनि बिग्रिएका छन्, जसले पठनपाठन सञ्चालन गर्न समस्या भएको छ, टिनको छाना भएका कक्षाकोठामा बसी नसक्नु छ”, एक शिक्षकले गुनासो गरे । हाल कञ्चनपुर र कैलाली जिल्लामा दिउँसोको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण