बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

सोमबार, ११ जेठ २०८३, १६ : ०९
सोमबार, ११ जेठ २०८३

सारांश

  • भारतले किर्गिस्तानलाई ३-० को सेटमा पराजित गर्दै काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
  • समूह ए बाट भारत र नेपाल सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट कजाखस्तान र इरानले स्थान बनाएका छन् ।
  • सेमिफाइनल खेल जेठ १५ गते बिहीबार हुनेछ भने फाइनल खेल शुक्रबार हुनेछ ।

काठमाडौँ । भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा किर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्दै समूह बिजेता बन्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा भारत २५–१४, २६–२४ र २५–१३ ले बिजयी भयो । समूह ए मा भारतसँगै नेपाल पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । पराजित किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै सोमबार भएको पहिलो खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै  श्रीलंकाले सान्त्वना जित निकाल्यो । समूह चरणको अन्तिम खेलमा श्रीलंकाले २५–१९, २५–९ र २५–१३ को जित निकालेको हो ।

समूह बीबाट कजाखस्तान र इरान सेमिफाइनल प्रवेश गरिसकेका छन् । चार टीमबीच वर्गीकरण राउन्ड पछि जेठ १५ गते बिहीबार सेमिफाइनल खेल हुने भलिबल संघले जनाएको छ । फाइनल खेल भने जेठ १५ गते शुक्रबार हुने छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप