तलब सम्झौताविरुद्ध सामसङभित्र विवाद चर्कियो, अदालतमा मुद्दा
सारांश
- सामसङ इलेक्ट्रोनिक्सभित्र तलब तथा बोनस सम्झौतालाई लिएर ठूलो विवाद उत्पन्न भएको छ ।
- श्रमिक संगठनले नयाँ तलब सम्झौतामाथिको मतदान रोक्न अदालतमा निवेदन दिएको छ ।
- मेमोरी चिप विभागका कर्मचारीहरूले अत्यधिक बोनस पाउने भएपछि अन्य विभागका कर्मचारीहरू असन्तुष्ट भएका छन् ।
सोल । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सभित्र तलब तथा बोनस सम्झौताका विषयमा ठूलो विवाद उत्पन्न भएको छ ।
कम्पनीका उपभोक्ता इलेक्ट्रोनिक्स क्षेत्रका कर्मचारीहरूको प्रतिनिधित्व गर्ने एक श्रमिक संगठनले नयाँ तलब सम्झौतामाथिको मतदान रोक्न अदालतमा निवेदन दिएको छ ।
यो विवाद विशेष गरी चिप (सेमिकन्डक्टर) विभागका कर्मचारीहरूलाई अत्यधिक बोनस दिइएको विषयसँग जोडिएको छ । कृत्रिम बौद्धिकता (एआई) बूमका कारण सामसङको मेमोरी चिप व्यवसायले ठूलो नाफा कमाएपछि ती कर्मचारीहरूलाई ठूलो बोनस दिने सहमति भएको हो ।
गत साता सरकारको मध्यस्थतामा भएको सम्झौताले करिब ४८ हजार कर्मचारी सहभागी १८ दिने हड्ताल टार्न सफल भएको थियो । तर अहिले त्यो सम्झौता नै कानुनी विवादमा परेको छ । सामसुङ इलेक्ट्रोनिक्स कम्पनी युनियन (एसईसीयू) नामक संगठनले आफूहरूलाई मतदान प्रक्रियाबाट बाहिर राखिएको आरोप लगाएको छ । यो संगठनमा करिब १३ हजार सदस्य छन्, जसमा स्मार्टफोन, टेलिभिजन तथा घरेलु उपकरण विभागका कर्मचारीहरू बढी छन् । मतदानमा सहभागी हुन नपाउने जानकारी पाएपछि अदालतमा कानुनी कदम चालिएको संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सम्झौताअनुसार मेमोरी चिप विभागका केही कर्मचारीहरूले यस वर्ष करिब ४ लाख १६ हजार डलरसम्म बोनस पाउने भएका छन् । एआई प्रविधिको तीव्र विस्तारसँगै मेमोरी चिपको माग बढेपछि कम्पनीको नाफा बढेको छ । तर अन्य विभागका कर्मचारीहरूले भने निकै कम बोनस पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण