संविधान संशोधनका लागि गोलमेच सम्मेलन गर्नुपर्छ : नेता केसी
मङ्गलबार, १२ जेठ २०८३, १२ : २४
सारांश
- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग र सबैको सहभागितामा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् ।
- उनले वर्तमान संविधान संशोधन बहस कार्यदल सत्ताको वरिपरि मात्रै घुमेको र यसबाट संशोधनको वातावरण निर्माण हुन नसक्ने बताए ।
- सांसद केसीले संविधान संशोधनमा सबैको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग र सबैको सहभागितामा गोलमेच सम्मेलन गर्नुपर्ने बताए ।
प्रतिनिधि सभाको जारी बैठकमा वर्तमान संविधान संशोधन बहस कार्यदल सत्ताको वरिपरि मात्रै घुमेको र यसबाट संशोधनको वातावरण निर्माण हुन नसक्ने बताए ।
‘संविधान संशोधनको वातावरण निर्माण गर्न पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउनुपर्छ । सबैको सहभागितामा गोलमेच सम्मेलन हुनुपर्छ,’ सांसद केसीले भने ।
संविधान संशोधनमा सबैको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्नुपर्ने केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्यो : सिभिल सहकारी पीडित
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण