काठमाडौँमा गर्मीको पारो चढ्दै : शीतल हुन पोखरीमा पौडी खेल्दै बाँदर
सारांश
- काठमाडौँ उपत्यकामा पछिल्ला दिनहरूमा तापक्रम क्रमशः बढ्दै गएको छ।
- बढ्दो गर्मीले गर्दा स्वयम्भू परिसरमा रहेका बाँदरहरू पोखरीमा पौडी खेलेर शीतल हुन थालेका छन्।
- बाँदरहरूको यो रोचक दृश्यले स्वयम्भू पुग्ने पर्यटकहरूको ध्यान तानेको छ।
काठमाडौँ । पछिल्ला दिनहरूमा सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दै गएको छ।
जेठ महिनाको सुरुवातीसँगै बढेको चर्को गर्मीको प्रभाव अहिले मानिसमा मात्र नभएर पशुपंक्षीहरूमा समेत प्रत्यक्ष रूपमा देखिन थालेको छ। बढ्दो तापक्रम र रापबाट जोगिनका लागि पशुपंक्षीहरूले पनि आ-आफ्नै किसिमका उपायहरू अपनाउन थालेका छन्।
_YbvKH1ezsc.jpg)
यसै क्रममा ऐतिहासिक एवं पर्यटकीय स्थल स्वयम्भू परिसरमा अचेल फरक दृश्य देखिन थालेको छ। स्वयम्भू परिसरमा निर्माण गरिएको पोखरीमा त्यहाँका बाँदरहरू दैनिकजसो पौडी खेलिरहेका भेटिन्छन्।
_rTY50w6R8t.jpg)
तिर्खा मेट्ने र शरीरलाई शीतल बनाउने उद्देश्यले बाँदरहरू पोखरीको पानीमा हामफाल्ने, डुबुल्की मार्ने र पौडी खेल्ने गरिरहेका छन्। गर्मी बढेसँगै स्वयम्भूका बाँदरहरू पोखरीमा पौडी खेल्दै आफ्नो शरीर शीतल बनाइरहेका छन्।
_cfoje3nxlk.jpg)
पोखरीमा बाँदरहरूले पौडी खेलेर गर्मी छलेको यो रोचक दृश्यले त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत ध्यान तानेको छ।
_WAugI0RqDb.jpg)
_l6LwTbet4t.jpg)
_AUueC1pTZt.jpg)
_73EKl9zoo0.jpg)
_exRTXsSs5g.jpg)
_xArgwFewFU.jpg)
_mJAIY52sfd.jpg)
_oY3wi48Cn8.jpg)
_AzUm1NJiFz.jpg)
_3NppIUsN8o.jpg)
_0GLohOzT8Q.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण