सांसद सेङ्दाङलाई सदनबाट निकालेकोप्रति कांग्रेसको आपत्ति
सारांश
- नेपाली कांग्रेसले पार्टीकी सांसद गिताकुमारी सेङदाङलाई सभामुखको आदेशबिना मर्यादापालकले बाहिर निकालेको भन्दै आपत्ति जनाएको छ ।
- कांग्रेस सचेतक निश्कल राईले नियमापत्ति गरेर तस्बिर खिचेको निहुँमा सभामुखको आदेशबिना मर्यादापालकले बाहिर निकालेको बताए ।
- सभामुख डोल प्रसाद अर्यालले भने सांसद सेङदाङले सभामुखतर्फ स्पष्टसँग देखिने गरी फोटो खिचेको र त्यो सभा सञ्चालनको नियमावली विपरीत भएको तर बाहिर ननिकालेको बताए ।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीकी सांसद गिताकुमारी सेङदाङलाई बाहिर निकालेकोप्रति आपत्ति जनाएको छ ।
कांग्रेस सचेतक निश्कल राईले नियमापत्ति गरेर तस्बिर खिचेको निहुँमा सभामुखको आदेशबिना मर्यादापालकले बाहिर निकालेको बताए।
‘हाम्रो पार्टीकी सांसद गिताकुमारी सेङ्दाङलाई मर्यादा पालकले फोटो खिचेका निहुमा बाहिर निकालेका छन् । सभामुखको आदेशबेगर गरेको गतिविधि अमान्य हुन्छ । पहिला सचेत बनाउने हो, त्यस गर्दासमेत नमानेपछि बाहिर निकाल्ने हो । कानेखुसीबाट सदन अगाडि बढ्न सक्दैन,’ सांसद राईले भने ।
उनले बोलेपछि सभामुख डोल प्रसाद अर्यालले त्यस विषयमा ध्यानाकर्षण भएको बताए ।
‘गिता कुमारी सेङदाङ सभामुखतर्फ स्पष्टसँग देखिने गरी फोटो खिच्नुभयो । त्यो सभा सञ्चालनको नियमावली विपरीत थियो । खिचेको हो कि होइन, चेकजाँच गरिएको हो । उहाँलाई बाहिर निकालिएको छैन,’ सभामुख अर्यालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण