‘मितज्यू’ले नेपाली समाजको थर्ट प्रोससमाथि नै प्रश्न गर्छ : नवीन सुब्बा
काठमाडौँ । फिल्म निर्देशक नवीन सुब्बाले ‘मितज्यू’ले विभिन्न लेयरमा समाजका भिन्न भिन्न पक्षलाई उजागर गरेको बताए । राजनीतिक, सामाजिक, आर्थिक तथा पारिवारिक पक्षलाई एकसाथ ‘मितज्यू’ले देखाएको उनको भनाइ छ ।
मंगलबार फिल्म हेरेका उनले ‘मितज्यू’ले गरेको राजनीतिक प्रेडिक अहिलेको नेपाली राजनीतिसँग मेल खाएको उनको तर्क छ । ‘पुराना पार्टी समाप्त भएको र नयाँ सोच आएको कुरा फिल्मले लाक्षणिक रुपमा देखाएको छ’, उनले भने, ‘चरित्र निर्माण गर्दाखेरि नै यो कुरा लिएर आएको छ ।’ नेपाली फिल्म पहिलोपटक यसरी बोलेको आफूलाई महसुस भएको उनको भनाइ छ ।
उनले अभिनेत्री टेरिया मगरको पनि तारिफ गरेका छन् । टेरियाको अभिनय हेर्दा उनको डेब्यु फिल्म नलाग्ने उनले बताए ।
आवरण र इमोसनमा दयाहाङ र सौगातले पनि गज्जबको काम गरेको नवीनको भनाइ छ ।
‘यो फिल्मले धेरै च्यालेन्ज गरेको छ । हामीमा परिवारको जे कन्सेप्ट छ, त्यसलाई नै प्रश्न गरेको छ । यो लोकल स्टोरी उठाएर धेरै कुरा गरेको छ, भर्खरै खुलेको बाटो र जिपको कुरा छ’, उनले थपे ‘रोल्पा र रुकुमबाट अलि अगाडि बढेर समग्र नेपाली समाजको थर्ट प्रोसेसमाथि नै फिल्मले प्रश्न गर्छ ।’
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल र टेरिया मगर, खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायतको अभिनय छ ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म जनक घर्तीमगरले निर्माण गरेका हुन् भने अनिल बुढा मगरले निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण