आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

गरिबी २०.२७ प्रतिशतमा झर्‍यो, नेपालीको औसत आयु ७१.३ वर्ष पुग्यो

बुधबार, १३ जेठ २०८३, १३ : ५२
बुधबार, १३ जेठ २०८३

सारांश

  • नेपालमा निरपेक्ष गरिबीको रेखा मुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशतमा झरेको छ ।
  • बहुआयामिक गरिबी पनि १७.४ प्रतिशतमा सीमित भएको छ ।
  • स्वास्थ्य सेवामा सुधारसँगै नेपालीको औसत आयु बढेर ७१.३ वर्ष पुगेको छ ।

काठमाडौँ । नेपालमा निरपेक्ष गरिबीको रेखा मुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशतमा झरेको छ । 

बुधवार सार्वजनिक आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार बहुआयामिक गरिबी पनि १७.४ प्रतिशतमा सीमित भएको छ । 

स्वास्थ्य सेवामा सुधारसँगै नेपालीको औसत आयु बढेर ७१.३ वर्ष पुगेको छ । 

यस्तै, १५ देखि २४ वर्ष उमेर समूहका युवाको साक्षरता दर ९४.२ प्रतिशत पुगेको छ भने माध्यमिक तहको खुद भर्ना दर ५१.६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप