जेनजी आन्दोलनबारे अनुसन्धान प्रतिवेदन : बालेन शाहबारे आयोग मौन
सारांश
- राष्ट्रिय मानव अधिकार आयोगले 'जेनजी' आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनको घटनाबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ।
- प्रतिवेदनले तत्कालीन शीर्ष राजनीतिक नेतृत्व र इन्फ्लुएन्सरहरूको भूमिका केलाए पनि काठमाडौँ महानगरका तत्कालीन मेयर बालेन शाहबारे मौन रहेको छ।
- आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र सञ्चारमन्त्री गुरुङलाई मुख्य दोषी ठहर्याएको छ।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनको घटनाबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ।
२९ पृष्ठ लामो उक्त प्रतिवेदनले देशको तत्कालीन शीर्ष राजनीतिक नेतृत्वदेखि चर्चित सामाजिक सञ्जाल प्रयोगकर्ता (इन्फ्लुएन्सर) सम्मको भूमिकालाई केलाए पनि काठमाडौँ महानगरका तत्कालीन मेयर तथा हालका प्रधानमन्त्री बालेन शाहका बारेमा भने प्रतिवेदन मौन देखिएको छ।
आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मुख्य दोषीका रूपमा चित्रण गरिएको छ।
यस्तै आन्दोलनको केन्द्र काठमाडौँ भएकाले तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि मानव अधिकार उल्लङ्घनमा जिम्मेवार ठहर्याउँदै कारबाहीको सिफारिस गरिएको छ। तर, बालेन शाहको उपस्थिति वा भूमिकाका बारेमा प्रतिवेदनले कुनै पनि तथ्य उल्लेख गरेको छैन। यद्यपि त्यतिबेला बालेनले आयोगलाई बयान दिएको विषय बाहिरिएको थियो ।
प्रतिवेदनको पृष्ठ २० र २७ मा आन्दोलनमा सहभागी वा अभिव्यक्ति दिने चर्चित व्यक्तित्वहरूको लामो सूची समावेश गरिएको छ। जसमा अभिनेता निश्चल बस्नेत, इन्फ्लुएन्सर सिसन बानियाँ, रवि किरण हमाल, भाग्य न्यौपानेलगायतका नामहरू उल्लेख छन्।
यसअघि कार्की आयोगको प्रतिवेदनले पनि बालेन शाहलाई दोषी देखाएको थिएन। आयोगले बालेनको बयानमात्रै आफ्नो प्रतिवेदनमा समेटेको थियो । कतिपयले बालेनले समेत जेनजी आन्दोलनकारीलाई उक्साएको जिकिर गर्दै आएपनि प्रतिवेदनमा भने उनको भूमिका नऔँल्याइएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण