संस्कार र संस्कृतिले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउने
पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हाम्रा संस्कार र संस्कृतिले राष्ट्रिय एकताको भावालाई थप सुदृढ बनाउने बताएका छन् ।
मुस्लिम समुदायको पर्व बकर इदका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले पारस्परिक सम्मान, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई इदजस्ता पर्वले मजबुत बनाउने बताए ।
यस पर्वका माध्यमबाट आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र सामाजिक एकतालाई अझ सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्र्दै उनले सन्देशमा भनेका छन्, “विविधतामा एकता नेपालको मौलिक विशेषता हो । गण्डकी प्रदेश पनि बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक सहअस्तित्वको उत्कृष्ट उदाहरणका रूपमा रहेको छ । हाम्रो साझा सांस्कृतिक सम्पदा र मौलिक परम्पराको संरक्षण तथा प्रवद्र्धनले सामाजिक सद्भाव अभिवृद्धि गर्नुका साथै पर्यटन विकास र आर्थिक समृद्धिमा योगदान पुग्ने विश्वास छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण