प्रहरीमा पुगेपछि सुदर्शन र पूजाले तिरे प्राविधिकको पैसा
सारांश
- अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले प्राविधिकको भुक्तानीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा १२ लाख रुपैयाँ बुझाएका छन् ।
- फिल्म 'रावायण'का प्राविधिकहरूको १७ लाख ११ हजार रुपैयाँ भुक्तानी बाँकी रहेकोमा निर्देशक थापाले ४ लाख र अभिनेत्री शर्माले ८ लाख रुपैयाँ तिरेका हुन् ।
- प्राविधिक संघको ताकेतापछि र प्रहरीको रोहवरमा भुक्तानी भएको हो ।
काठमाडौँ । अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले प्राविधिकको पैसा तिरेका छन् । उनीहरुले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेर १२ लाख तिरेका हुन् ।
२०८१ भदौमा प्रदर्शनमा आएको यो फिल्ममा ‘रावायण’ काम गरेका प्राविधिकको १७ लाख ११ हजार तिनुपर्नेमा उनीहरुले १२ लाख तिरेका हुन् । फिल्मका तर्फबाट निर्देशक सुदर्शन थापाले ४ लाख र अभिनेत्री पूजा शर्माले ८ लाख तिरेका हुन् । फिल्म डुबेकोले बाँकी रकम तिर्न नसक्ने भन्दै उनीहरुले त्यतिमात्र तिरेका हुन् ।
प्राविधिकका तर्फबाट चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले उक्त रकमका लागि थापा र शर्मासँग पटक पटक ताकेता समेत गरेका थिए । तर उनीहरुले पैसा दिन लामो समय आलटाल गरेपछि संघ जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेको थियो । प्रशासनले उक्त पैसाको ताकेताका लागि प्रहरीमा पत्र लखेपछि उनीहरूलाई प्रहरीले बोलाएको थियो । थापा र शर्माले प्रहरीको रोबरमा पैसा तिरेका हुन् ।
‘हाम्रा पैसा नतिर्ने निर्माता निर्देशकलाई प्राबिधि केही होइन, उनीहरुको पैसा तिर्नुपर्दैन भन्ने भ्रम रहेको छ’, संघका अध्यक्ष लामाले भने ‘श्रमिक आवाज संसारमै सबैभन्दा बुलद्ध आवाज मानिन्छ ।’ लामाले अन्य धेरै निर्माता निर्देशकसम्म प्राविधिकको पैसा लिन बाँकी रहेको सुनाए । ‘सबै सँग एक एक गरेर उठाउने कोसिसमा छौ’ लामाले थपे ।
लामाले को–को निर्माता निर्देशकसँग प्राविधिकको कति उठाउन बाँकी रहेको त्यो भने खुलाउन चाहेनन् । समयमा पैसा नतिरे सबैको पर्दा खोल्ने लामाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण