शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

'संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग जनताले गर्न नपाएसम्म गणतन्त्रले सार्थक रूप लिँदैन'

शुक्रबार, १५ जेठ २०८३, ०७ : ५५
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले संविधान अनुरूप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र गणतन्त्रको औचित्य स्थापित हुने बताएका छन्।
  • उनले संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग जनताले गर्न नपाएसम्म गणतन्त्रले सार्थक रूप लिन नसक्ने बताए ।
  • उनले गणतन्त्र विगतका अन्य कुनै प्रणालीभन्दा शासन व्यवस्थाका हिसाबले मात्रै नभएर आचरण र व्यवहारले पनि उन्नत र परिस्कृत प्रणाली भएको बताए ।

‎सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले संविधान अनुरूप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र गणतन्त्रको औचित्य स्थापित हुने बताएका छन्।

‎‎शुक्रबार गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै कँडेलले संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग जनताले गर्न नपाएसम्म गणतन्त्रले सार्थक रूप लिन नसक्ने बताए ।

‎‎'जनतालाई केन्द्र बिन्दुमा राखेर जनताको इच्छा र जनताका लागी सञ्चालित हुने अभ्यासले नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ,' उनेले भने, 'गणतन्त्र विगतका अन्य कुनै प्रणालीभन्दा शासन व्यवस्थाका हिसाबले मात्रै नभएर आचरण र व्यवहारले पनि उन्नत र परिस्कृत प्रणाली हो।'

‎त्यसैले गणतान्त्रिक व्यवस्थामा हाम्रा आचरण र व्यवहार उन्नत तथा सुसंस्कृत हुनुपर्ने उनले बताए।

‎‎विगतमा राजनीतिक व्यवस्था परिवर्तनमा दलहरूबिचमा देखिएको सहमति, सहकार्य र एकताको भावनालाई आत्मसात् गर्दै अव मुलुकको विकास र समृद्धिमा पनि दलहरूबिच साझा सहमतिको विकल्प नभएको कँडेलले बताएका छन्।

‎‎'संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको जगमा बनेको संघीय सरकारले गणतन्त्रको थप सुदृढीकरणमा दलहरूबिच सार्थक संवाद र सहकार्य बढाउनु अहिलेको आवश्यकता हो,'उनले भनेका छन्, 'यस तर्फ ध्यान दिन म विशेष आग्रह गर्दछु ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप