गणतन्त्रले नागरिकको जीवनमा सार्थक परिवर्तन ल्याउनुपर्छ: मुख्यमन्त्री पाण्डे
सारांश
- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्रले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताएका छन् ।
- उनले नेपाललाई सबल, आत्मनिर्भर र समाजवादउन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्र बनाउन सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए ।
- उनले संघीय शासन व्यवस्थामा गण्डकी प्रदेश सरकारले जनअपेक्षा अनुसार विकास, नीति, सुशासन र पारदर्शितामा आफूलाई स्थापित गर्ने प्रयास गरिरहेको दाबी गरे ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्रले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनु पर्ने बताए । नेपाललाई सबल, आत्मनिर्भर तथा समाजवादउन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अघि बढाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाई छ ।
संघीय शासन व्यवस्थाको अभ्यासमा गण्डकी प्रदेश सरकारले जनअपेक्षा बमोजिम विकास, नीति, सुशासन र पारदर्शिताका क्षेत्रमा आफूलाई स्थापित गराउने प्रयास गरिरहेको उनको दाबी छ । देशमा देखिएका समस्या समाधानका लागि नकारात्मकता भन्दा सकारात्मक सोच र सामूहिक प्रयत्न आवश्यक रहेको उनले सुनाए ।
‘जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल, आत्मनिर्भर तथा समाजवादउन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अघि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार हो,’ उनले भने । संविधानले व्यवस्था गरेका मौलिक हकहरूलाई व्यवहारमा उतार्न यो दिवसले सबैमा उत्साह प्रदान गर्ने पाण्डेको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण