मंगलबजारमा नेवाः महोत्सवको रौनक (तस्बिरहरू)
सारांश
- यल नेवाः समाज ललितपुरको आयोजनामा पाटनको मंगलबजारमा दुई दिने नेवाः महोत्सव सुरु भएको छ।
- महोत्सवमा पाटनका जातीय खलकहरूको हस्तकला, ताम्रकला, मूर्तिकला, प्रस्तरकला, मौलिक नेवारी खाना र संस्कृतिको प्रवर्द्धन गरिने छ।
- महोत्सवका क्रममा आदिवासी जनजाति सम्बन्धी अधिकार र नेवाः लिपिको महत्त्वबारे गोष्ठी सञ्चालन गरिने छ।
ललितपुर । यल नेवाः समाज ललितपुरको आयोजनामा पाटनको मंगलबजारमा दुई दिने नेवाः महोत्सव सुरु भएको छ। विश्वभर छरिएर रहेका नेवार समुदायले आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न समयमा यस्ता महोत्सवहरू आयोजना गर्ने क्रममा ललितपुरमा पनि यो कार्यक्रम सुरु भएको हो।
महोत्सवमा विशेष गरी पाटनका जातीय खलकहरूको हस्तकला, ताम्रकला, मूर्तिकला र प्रस्तरकला लगायत आ-आफ्नो पहिचान प्रस्तुत गरिनुका साथै मौलिक नेवारी खाना र संस्कृतिको प्रवर्द्धन गरिने यल नेवाः समाजले जनाएको छ। यल नेवाः समाजका अध्यक्ष नानीकाजी शाक्यका अनुसार यो महोत्सव कुनै व्यापार मेला नभएर विशुद्ध पाटनका जातीय समाजको परम्परागत सिपको प्रस्तुति मात्र हो। पाटनमा कुल २१ वटा जातीय समाज रहेका छन्।
महोत्सवका क्रममा बागमती प्रदेश सरकारले दिएको आदिवासी जनजाति सम्बन्धी अधिकारबारे गोष्ठी सञ्चालन गरिने र नेवाः लिपिको महत्त्वबारे पनि जानकारी दिइने आयोजकले जनाएको छ। ललितपुर महानगरपालिका वडा नम्बर १६ को प्रायोजनमा यो महोत्सव आयोजना गरिएको हो।
नेपाल फोटो लाइब्रेरीका लागि सूर्याम्स उप्रेतीले खिचेका तस्बिरहरू :
_wWB2EYRzOP.jpg)
_hJ5xqRDtmF.jpg)
_kDOilBiWIq.jpg)
_yPIRtOQHLk.jpg)
_slrKBbDBQl.jpg)
_JHaRRMeZfM.jpg)
_cTQVO2lYl7.jpg)
_LnKhapwn9Q.jpg)
_o4mZakuHSE.jpg)
_Y7y00WFp7L.jpg)
_wccmoN7LLd.jpg)
_ZKklbmqZWu.jpg)
_dGIKZ9uB6G.jpg)
_K8UBZmxcwO.jpg)
_ac8pAcQLFS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण