ज्यान जोखिममा राखेर ‘पब्लिसिटी स्टन्ट’
सारांश
- ट्राफिक प्रहरीले उठेर मोटरसाइकल चलाएको आरोपमा भ्लगर राजकुमार तामाङलाई नियन्त्रणमा लिई सवारी ऐन अनुसार जरिवाना गरेको छ ।
- ध्यान तान्ने र चर्चामा आउने उद्देश्यले गरिने यस्ता स्टन्टजन्य गतिविधिले दुर्घटनाको जोखिम बढाएको छ ।
- ट्राफिक नियम उल्लंघन गरी जोखिमपूर्ण तरिकाले सवारी चलाउनेहरूलाई जरिवाना र सम्झाई बुझाई छाड्ने गरिएको छ ।
काठमाडौँ । काठमाडौँको कपन स्थित ट्राफिक प्रहरी प्रभागले गत जेठ १ मा एउटा मोटरसाइकल नियन्त्रणमा लियो । बागमती प्रदेश–०२–०६२ प १३५२ नम्बरको मोटरसाइकलका चालकले उठेर हाँकेका थिए ।
उनले चलाएको मोटरसाइकलबाट निस्केको चर्को आवाजका कारण आसपासको क्षेत्रमा ध्वनि प्रदूषण भएको भन्दै स्थानीयले आलोचना गरे । मोटरसाइकल राज कुमार तामाङले चलाएका थिए ।
उनी भ्लगर हुन् । सामाजिक सञ्जालमा प्राप्त भिडियोका आधारमा उनलाई सिसिटिभी फुटेजबाट अनुसन्धान गरेर पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । ट्राफिक प्रहरीले तामाङलाई सवारी ऐन अनुसार जरिवाना गरेको छ । पक्राउ परेपछि तामाङले भने, ‘मैले गल्ती गरेको थिएँ,सीसीक्यामेराले खिचेको रहेछ, त्यो घटनाको लागी सवैसँग क्षमाप्रार्थी छु ।’
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मानिसहरूको ध्यान आफूतिर तान्न र चर्चामा आउनका लागी यस्ता घटना हुने गरेका छन् । ध्यान तान्न र चर्चामा आउनका लागी गरिने अनौठो र नाटकीय कामलाई स्टन्ट भनिन्छ । त्यस्ता स्टन्टका घटना पछिल्लो ३ महिनामा १२ वटा भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सुवेदीले बताए । उनले भने, ‘देखासिकी र स्टन्ट गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम पनि बढेको छ ।’
ट्राफिक प्रहरीले बागमती प्रदेश–०५० प १३९४ नम्बरको स्कुटर उठेर चलाएका चालकलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि उनले प्रहरीसँग भने, ‘म बाट ट्राफिक रुल ब्रेक भएको थियो, मैले उठेर चलाएर आफ्नो र अरूको पनि ज्यान जोखिममा राखेँ, आइन्दा कसैलाई यस्तो नगर्न भन्छु र आफू पनि गर्दिनँ ।’ ट्राफिक प्रहरीले उनले प्रतिबद्धता जनाएको भिडियो नेपाल प्रहरीको फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ ।
त्यसरी ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई जरिवाना गरेर सम्झाई बुझाई छाड्ने गरिएको एसपी सुवेदीले बताए । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसारको लापरबाही पूर्व सवारीसाधन चलाउन पाइँदैन । त्यसरी चलाएको भेटिए ५ सय देखि १५ सय सम्म जरिवाना हुने कानुनी व्यवस्था छ । एसपी सुवेदी भन्छन्, ‘जरिवाना रकम थोरै छ, हामीले जरिवाना सँगै सम्झाउने पनि गरेका छौँ ।’
सामाजिक सञ्जालमा कारको ढोका बाहिर निस्केर बियर पिउँदै गरेको र अटोमा पछाडि झुन्डिएर जोखिमपूर्ण तरिकाले यात्रा गरेको भिडियो देख्न सकिन्छ । गुडिरहेको माइक्रो अगाडी दौडिँदै टिकटक बनाएको घटनालाई पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले धेरै पटक सेयर र लाखौँले हेरेका छन् । यस्ता काम ट्राफिक नियम विपरीतका हुन् ।
यस्ता घटनामा संलग्नहरूको आफ्नै ज्यान पनि जोखिममा हुन्छ । प्रहरीले त्यस्ता चालकलाई नियन्त्रणमा लिएर कारबाही गर्ने गरेको छ । तर, यस्ता स्टन्टका घटना रोकिएका छैनन् । बेलाबेला यस्ता घटना दोहोरिने गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण