१० मेगावाटभन्दा कम क्षमताका विद्युत् आयोजनाको तत्काल पीपीए गर्ने सरकारको घोषणा
काठमाडौँ । १० मेगावाटभन्दा कम क्षमताका विद्युत् आयोजनाको तत्काल पीपीए गर्ने सरकारको घोषणा गरेको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदका प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले भने, ‘सरकारले नेपाल विद्युत प्राधिकरणलाई उत्पादन,वितवरण व्यापारका लागि तीन छुटाछुटै कम्पनीमा विभाजन गर्ने छौं । विद्युत खरिद सम्झौता भएका तर विद्युत उत्पादन नभएका आयोजनाको अनुमतिपत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पीपीए गर्ने प्रवद्ध गर्ने छौं । १० मेगवाट भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पीपीए गर्ने छौं । सुख्यायाममा घटाघटमा विद्युत खरिददर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउँछौं ।’
उनले निजी क्षेत्रलाई अन्तराष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउने पनि घोषणा गरे । उनले प्रशारण लाइन बनाउने र ह्लिङ चार्ज लिएर विद्युत व्यापार गर्न सक्ने कानूनी व्यवस्था मिलाउने बताए ।
उनले भने,‘जलविद्युत आयोजनाको अनुमति अवधीपछि आयोजनाको स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रुख कटान शुल्क समायोजन गर्ने व्यवस्था मिलाउने छौ । जलाशययुक्त आयोजनामा लगानी वृद्धि गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्न पहिलो वर्ष ४० प्रतिशत शेयर सर्वसाधरणलाई बिक्रि गर्न दिने व्यवस्था गर्ने छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण