सरकारले अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त १५ जना नेपाली स्रोत कर्तालाई आमन्त्रण गर्ने
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा एआई(आर्टिफिसियल इन्टेलिजेन्स) क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त १५ जना स्रोतकर्ता नेपालीलाई नेपालमा फर्किनका आग्रह गर्ने भएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रवार संयुक्त सदनमा उक्त घोषणा गरेका हुन् ।
‘आगामी आर्थिक वर्ष एआई को क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा १५ जना नेपाली स्रोत कर्तालाई प्रतिष्ठित फेलोसिप निर्माण गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछौँ । एआईको युगमा महत्त्वपूर्ण भूमिका हुने गणित लगायत विधालाई उच्च प्राथमिकता दिनेछौँ’, मन्त्री वाग्लेले भने ।
यसैगरी नेपाललाई एआईको युगमा आत्म विश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गर्ने उनले बताएका छन् । साथै काठमाडौँको स्युचाटारमा देशकै पहिलो एआई सार्वभौम एआई कम्युट केन्द्र स्थापना वाग्लेले घोषणा गरे ।
उनले भने, ‘हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्युट क्षमता उपलब्ध गराउनेछौँ । स्वच्छ जलविद्युत ऊर्जालाई एआई कम्युटमा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु । नेपालको अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ता विकास गरी सिपयुक्त रोजगारी डिजिटल निर्यात एआईमा आधारमा उत्पादन हुने विश्वास लिएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण