सङ्घीय सरकारको बजेटबाट गण्डकी प्रदेशले के पायाे ?
सारांश
- सङ्घीय सरकारको आगामी बजेटले गण्डकी प्रदेशमा जलविद्युत र पर्यटनलाई प्राथमिकता दिए पनि अन्य क्षेत्रलाई खासै समेटेको छैन ।
- बजेटमा बुढीगण्डकी, तनहुँ जलविद्युत, माथिल्लो मोदी, उत्तरगंगा आयोजनालाई तीव्रता दिने, पृथ्वी राजमार्गको स्तरोन्नति र सिद्धार्थ राजमार्गको बुटवल-पोखरा खण्डलाई द्रुतमार्ग बनाउने योजना समावेश छ ।
- प्रदेशका अर्थमन्त्रीले बजेटको आकार बढे पनि स्रोत सुनिश्चितता नभएको र सङ्घीयताको मर्म अनुसार बजेट तल्लो तहमा नपुगेको भन्दै परम्परागत टिप्पणी गरेका छन् ।
पोखरा। सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको बजेटले गण्डकी प्रदेश खासै उत्साही छैन । जलविद्युत र केही पर्यटनमा प्राथमिकता दिइएपनि अरू क्षेत्र छुटाइएको छ । सङ्घीय सरकारले गण्डकीलाई ऊर्जा उत्पादनमा बढी जोड दिएको छ।
१२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण मोडलमा अघि बढाउने घोषणा सरकारले गरेको छ । यसबाहेक तनहुँ जलाशययुक्त आयोजना, माथिल्लो मोदी र उत्तरगंगा जस्ता आयोजनालाई तीव्रता दिने बजेटमा उल्लेख छ ।
सडक सञ्जालमा निर्माणाधीन पृथ्वी राजमार्गको स्तरोन्नति सक्ने लक्ष्य लिएको छ । आँबुखैरेनीदेखि पोखरासम्मको खण्डमा काम अन्तिम चरणमा पुगिसकेको छ । मुग्लीनदेखि आँबुखैरेनीसम्मको सडक खण्ड निर्माण सुरु गर्ने सरकारको घोषणा छ।
सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई द्रुतमार्गका रूपमा विकास गर्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए । यद्यपि, रकम भने खुलाइएको छैन। पोखरामा इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण, आयुर्वेद अस्पताल सञ्चालन र सार्वजनिक यातायातमा विद्युतीय बस (इ–मोबिलिटी) सेवा सुरुवात गर्ने योजना अघि सारिएको छ।
पर्यटनतर्फ मुस्ताङ र मनाङका २०० वर्ष पुराना ऐतिहासिक गुम्बा संरक्षण गर्ने भनेको छ । देवघाट–मुक्तिनाथ–त्रिवेणी समेटिएको प्रादेशिक पर्यटकीय कोरिडोर र उच्च पहाडी डाँफे पदमार्ग निर्माण गर्ने लक्ष्य राखिएको छ ।
सङ्घ सरकारले प्रस्तुत गरेको बजेटमा प्रदेशका अर्थमन्त्रीले परम्परागत भएको टिप्पणी गरे । बजेटको आकार अनुसार स्रोत सुनिश्चिततामा उनले शङ्का गरेका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘बजेटको आकार बढेको छ, तर स्रोतको सुनिश्चितता छैन। सङ्घीयताको मर्म अनुसार तल्लो तहमा बजेट पुग्न सकेको छैन।’
शेरचनका अनुसार सङ्घीय बजेटले गण्डकी प्रदेशको जनसाङ्ख्यिक र भौगोलिक विशिष्टतालाई पहिचान गर्न सकेको छैन । उनले थपे, ‘पर्यटनको राजधानी पोखरा घोषणा गरियो, तर बजेटले पोखराको लाइफलाइन मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे कुनै ठोस योजना ल्याएन । यो दुःखद छ।’
बजेटमा के–के समेटियो ? (मुख्य बुँदा)
१. बुढीगण्डकी प्राधिकरण मोडलमा, तनहुँ जलविद्युत्, माथिल्लो र तल्लो मोदी तथा उत्तरगंगा आयोजनालाई तीव्रता।
२. सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड द्रुतमार्ग बनाइने, सिद्धबाबा सुरुङ मार्ग सम्पन्न गर्ने। पृथ्वीराज मार्गको मुग्लिन पोखरा खण्ड निर्माण सम्पन्न गर्ने।
३. त्रिवेणी, देवघाट, कागबेनी, मुक्तिनाथसम्मको शालिग्राम पथ निर्माण गर्ने, डाँफे पदमार्ग र साइकल ट्रेलको विकास।
४. पोखरामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पताल र २ हजार क्षमताको इन्डोर स्टेडियम निर्माण गर्ने।
५. धौवादी फलाम उद्योग र गोरखकाली रबर उद्योगलाई सार्वजनिक–निजी साझेदारी मोडलमा लैजाने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण