४ जना सडकआश्रित मानवको उद्वार : १५२ जनाले पाए संरक्षण
तनहुँ । बर्सातको समयमा कुनै पनि सहयोगापेक्षी मानव सडकपेटीमा बस्न नपरोस् भन्ने उद्देश्यसहित सञ्चालन भइरहेको मेची–महाकाली राष्ट्रिय उद्वार यात्राको १८औँ दिन आज थप ४ जना सडकआश्रित नागरिकको उद्धार गरिएको छ ।
उद्धार टोलीले तनहुँको व्यास नगरपालिका–२ दमौलीबाट झापा घर बताउने ४८ वर्षीय नवीन पोखरेल तथा बन्दीपुर नगरपालिका–१ क्षेत्रबाट अन्दाजी ४७ वर्षीय शैलेष नाम बताउने पुरुषसहित चार जनाको उद्धार गरी मानवसेवा आश्रम पोखराको संरक्षणमा राखेको हो ।
गत वैशाख २७ गतेदेखि मानवसेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा सुरु भएको उद्धार यात्रामा २४ जना उद्धारयात्री सहभागी छन् । टोलीले देशका विभिन्न जिल्लामा पुगेर सडकआश्रित, असहाय तथा बेसहारा मानवको खोजी, उद्धार र संरक्षणमा निरन्तर काम गरिरहेको छ ।
आज उद्धार यात्रा पोखरा, दमौली, डुम्रे हुँदै आबुखैरेनी क्षेत्रमा केन्द्रित थियो । हालसम्म यात्रामार्फत १५२ जना सहयोगापेक्षी सडकआश्रितको उद्धार गरी संरक्षण प्रदान गरिएको मानवसेवा आश्रमकी महासचिव एवं उद्धार यात्रा संयोजक सुशीला केसीले जानकारी दिइन् ।
मानवसेवा आश्रमले विगत १३ वर्षदेखि आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गर्दै मानवतामूलक सेवामा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण