सार्वजनिक निजी साझेदारी मोडलमा धौवादी फलामी सञ्चालन गरिने
नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोटमा रहेको फलाम खानी सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गरिने भएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हुप्सेकोटमा रहेको फलाम खानीलाई सार्वजनिक निजी साझेदारीमा मोडलमा सञ्चालन गरिने बताएका हुन् ।
“धौवादी फलामखानीमा रहेको सरकारको सेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्य अगाडि बढाउनेछौँ”, उनले भने । सिँचाइ पूर्वाधार विकासतर्फ नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीमा नारायणी सिँचाइ आयोजना पुनःस्थापनाका लागि बजेट विनियोजन गरेको अर्थमन्त्री डा वाग्लेले जानकारी दिए ।
“नारायणी, गण्डक, कोशी पम्पलगायत सिँचाइ प्रणालीको मर्मतसम्भार तथा पुनःस्थापनाका लागि रु ४४ करोड विनियोजन गरेको छु”, उनले भने । सुस्तगतिमा विस्तार भइरहेको नारायणघाट-बुटवल सडकखण्ड आगामी आवमा सम्पन्न हुने उनले बताए । “पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–दमौली–पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौँ”, उनले भने ।
नवलपुरको त्रिवेणीधाम-देवघाट, रुरु क्षेत्र-कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्ने अर्थमन्त्री डा वाग्लेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण