बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

एमाले प्रचार विभाग प्रमुखमा आचार्य, प्रेस चौतारीको इन्चार्जमा झाँक्री

शनिबार, १६ जेठ २०८३, ०७ : १४
शनिबार, १६ जेठ २०८३

सारांश

  • नेकपा एमालेले नीरज आचार्यलाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी तोकेको छ ।
  • प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिइएको छ ।
  • एमालेले आसन्न निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय पदाधिकारी बाहेकका केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी समेत तोकेको छ ।

काठमाडौँ । नेकपा एमालेले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी नीरज आचार्यलाई दिएको छ । पार्टीले हालै जारी गरेको अपानीमार्फत आचार्यलाई यस्तो जिम्मेवारी तोकिएको हो । 

त्यस्तै  प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई तोकिएको छ ।

पार्टीले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी समेत तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप