संसद् बैठक
विपक्षीको बेल घेराउबिच बहुमतले नियमावलीका संशाेधन पारित गर्दै सभामुख
आइतबार, १७ जेठ २०८३, १९ : ४५
सारांश
- विपक्षी दलहरूको विरोध र नाराबाजीका बीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीका संशोधनका दफाहरू बहुमतले पारित गरेका छन्।
- सत्तापक्षको बहुमतको आडमा ३५ वटा संशोधनलाई अस्वीकृत गरी नियमावली पारित गर्ने प्रक्रिया अघि बढाइएको छ।
- विपक्षीहरूको बेल घेराउ र सत्तापक्षका सांसदहरू उठेपछि संसद्मा झडपको सम्भावना देखिएकाले मर्यादापालकको संख्या बढाइएको छ।
काठमाडौँ । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीको विरोधकाबिच प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीका संशाेधन प्रक्रियागत रूपमा पारित गर्ने तयारी भएको छ।
सभामुख डोलप्रसाद अर्यालले विपक्षीको बेल घेराउबिच संशोधनका दफाहरू बहुमतले पारित गरिरहेका हुन् । सत्तापक्षले बहुमतको बलमा ३५ वटा संशोधनलाई अस्वीकृत गरी पारित गर्ने कार्य चलिरहेको छ।
विपक्षीहरूले बेल घेराउ गर्दै चर्को नारा लाइरहेका छन्। तथापि सभामुख अर्याल रोकिएका छैनन् । बहुमतको बलमा दफाहरू पास गरिरहेका छन्।
सत्तापक्षका सांसदहरू पनि विपक्षीहरूसँग भिड्न उठेपछि संसद्मा झडपको सम्भावना देखिएपछि अत्यधिक मात्रामा मर्यादा पालक उपस्थित गराइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण