आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

भारतबाट घटेर आए पनि नेपाल आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

निगम भन्छ, अझै पाक्षिक ६२।६८ करोड घाटामा छौं
आइतबार, १७ जेठ २०८३, २२ : ०७
आइतबार, १७ जेठ २०८३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।

भारतीय आयल कर्पोरेशन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भए पनि निगमले उपभोक्ताका लागि मूल्यमा कुनै हेरफेर नगरेको जनाएको छ । 

निगमको सञ्चालक समितिको जेठ १७ गतेको निर्णयअनुसार जेठ १८ गते बिहीबार बिहान १ बजेदेखि लागू हुने गरी साविककै खुद्रा बिक्री मूल्य कायम राखिएको हो । 

निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिका कारण पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकिएको जनाएको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको र सोही कारण आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकिएको निगमको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप