बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
आईपीएल

कागिसो रबाडालाई ‘पर्पल क्याप’ सुनिश्चित

आइतबार, १७ जेठ २०८३, २२ : ५२
आइतबार, १७ जेठ २०८३

सारांश

  • इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल जारी रहँदा गुजरात टाइटन्सका कागिसो रबाडाले यस सिजनको ‘पर्पल क्याप’ जित्ने निश्चित भएको छ ।
  • रबाडाले १७ खेलमा २९ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको अवार्ड जित्ने पक्का गरेका हुन् ।
  • पर्पल क्यापको दौडमा बेंगलुरुका भुवनेश्वर कुमार २८ विकेटसहित दोस्रो स्थानमा छन् ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग ‍(आईपीएल) २०२६ को फाइनल खेल जारी रहँदा गुजरात टाइटन्सका तीव्र गतिका बलर कागिसो रबाडाले यस सिजनको ‘पर्पल क्याप’ (सर्वाधिक विकेट लिने खेलाडीको अवार्ड) जित्ने निश्चित भएको छ ।

जारी फाइनल खेलमा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरु उपाधिका लागि भिडिरहेका छन् । रबाडाले १७ खेलमा २९ विकेट लिँदै तालिकाको शीर्ष स्थानमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

पर्पल क्यापको दौडमा बेंगलुरुका भुवनेश्वर कुमार २८ विकेटसहित दोस्रो स्थानमा छन् भने राजस्थान रोयल्सका जोफ्रा आर्चर २५ विकेटका साथ तेस्रो स्थानमा रहेका छन् । फाइनल खेलमा भुवनेश्वरले रबाडालाई उछिन्न नसकेपछि रबाडाको यो उपाधि पक्का भएको हो ।

उपाधि भिडन्तमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा १५५ रन बनाउँदै बेंगलुरुलाई १५६ रनको लक्ष्य दिएको छ । अहिले बेंगलुरुले उक्त लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

यो समाचार तयार पार्दा सम्म ९ ओभरमा बेगंलुरुले ४ विकेटको क्षतिमा ९१ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप