आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक प्रमाणीकरण

आइतबार, १७ जेठ २०८३, २३ : ३८
आइतबार, १७ जेठ २०८३

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् ।
  • संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले दुवै विधेयक प्रमाणीकरण गरेका हुन् ।
  • यी दुवै विधेयक आइतबारै बसेको प्रतिनिधिसभाको बैठकले पारित गरेको थियो ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई आएका दुई महत्त्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आइतबार

विधेयकहरू प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा आइतबार जारी विज्ञप्तिअनुसार प्रमाणीकरण भएका विधेयकहरूमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ रहेका छन् ।

bidehk

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप