मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

सांसदहरूमाथि छानबिन गर्न सभामुखले बनाए समिति

सोमबार, १८ जेठ २०८३, १६ : ५६
सोमबार, १८ जेठ २०८३

सारांश

  • सभामुख डोलप्रसाद अर्यालले आइतबारको प्रतिनिधि सभा बैठकमा अमर्यादित क्रियाकलाप देखाउने सांसदहरूमाथि छानबिन गर्न समिति बनाएका छन् ।
  • प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइएको छ ।
  • सभामुख अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा यो जानकारी दिए ।

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले आइतबारको प्रतिनिधि सभा बैठकमा अमर्यादित क्रियाकलाप देखाउने सांसदहरूमाथि छानबिन गर्न समिति बनाएका छन् । 

प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइएको सभामुख अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा जानकारी दिए ।

सभामुख अर्यालले प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम समिति बनाएको र ७ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको सभाको बैठकमा बताए । 

‘१७ गतेको बैठकमा केही माननीय सदस्यहरू अव्यवस्था सृजना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन, भौतिक हानी एवं क्षति पुर्‍याउने कार्य गरेको ब्यहोरा सभामुखलाई बैठकपछि जानकारीमा आयो । आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी ७ दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेस गर्नेगरी प्रतिनिधि सभा सचिव प्रकाश अधिकारी संयोजकको समिति बनाएको छु,’ सभामुख अर्यालले भने । 

सभामुख अर्यालले प्रतिवेदन प्राप्त भएपछि ३३ को उपनियम ४ बमोजिम कारबाही अगाडि बढाउने जानकारी पनि गराए ।

३ सदस्यीय समितिमा संघीय संसद सचिवालयका संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप