पोखरा महानगरमा ट्याक्टरले जोत्ने भाडा तोकियो, बढी लिए कारबाही हुने
पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन हुने ठुला ट्याक्टर र हाते ट्याक्टरले जोत्दा लाग्ने भाडा तोकेको छ। कृषिमा प्रयोग हुने मेसिनरीको भाडामा एकरूपता ल्याएर किसानलाई सहुलियत दिन भाडादर तोकिएको महानगरले जनाएको छ।
सोमबार बसेको यातायात व्यवस्थापन समिति, कृषि सञ्जाल र सरोकारवालाहरूको संयुक्त बैठकले अवधि अनुसार भाडादर समायोजन गरेको छ। हाते ट्याक्टरको हकमा आफ्नै लगानीमा खरिद गरेकोले प्रतिघण्टा १ हजार २० रुपैयाँ लिन पाउँछन् । अनुदानमा पाएको मेसिनले भने ९ सय रुपैयाँ मात्रै लिनुपर्छ।
ठुलो ट्याक्टरले ३० मिनेटभन्दा बढी सञ्चालन भएमा प्रतिघण्टा ३ हजार ४ सय रुपैयाँ र त्यसभन्दा कम सञ्चालन भए प्रतिमिनेट ६० रुपैयाँ लिने गरी दर तोकिएको छ । बजारमा इन्धनको मूल्यमा हुने घटबढका आधारमा भाडादर पनि समयसापेक्ष समायोजन गरिने आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
‘निर्धारित भाडादरभन्दा बढी शुल्क लिएको वा किसानलाई मर्कामा पारेको पाइएमा प्रचलित कानुन तथा स्थानीय ऐन बमोजिम सम्बन्धित वडा कार्यालयमार्फत कडा कारबाही हुन्छ,’ उनले भने । महानगरले सबै कृषि समूह, सहकारी र मेसिन सञ्चालकहरूलाई दररेट पूर्ण रूपमा पालना गर्न चेतावनी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण