प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले गण्डकीको आपत्ति
पोखरा । नेकपा एमाले गण्डकीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
अध्यक्ष नवराज शर्माले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसदको रोस्ट्रममा उभिएर दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा भारतले नेपालको भूमि मिचेको मात्र नभइ नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्रीको उक्त भनाइलाई हलुका बिना प्रमाणको र हावादारी भन्दै एमालेले भत्र्सना गरेको हो ।
‘सार्वभौम संसदको रोस्ट्रममा उभिएर सरकार प्रमुखबाटै यस्तो अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ,’ विज्ञप्तिमा भनएिको छ, ‘यसले देशलाई लज्जित बनाएको छ र तुरुन्तै परराष्ट्र मन्त्रालयमार्फत यसलाई सच्याउनुपर्ने अवस्था सिर्जना भएको छ ।’
एमाले गण्डकीले सीमा विवादलाई नेपालको आन्तरिक मामिला मात्र नभई दुई देशबीचको संवेदनशील विषय भएकोले गम्भिर हुन भनेको छ । नदीको धार परिवर्तनका कारण स्थानीय स्तरमा हुने सामान्य समस्या र भारतले गरेको नियोजित अतिक्रमण फरक विषय भएको शर्माले बताए ।
‘भारतले हाम्रो भूमिमा सैनिक क्याम्प राख्ने, जर्वजस्ती गर्ने, एकतर्फी रूपमा सीमा नक्सा जारी गर्ने तथा नेपाली भूमिमा सडक बनाएर व्यापारिक मार्ग खोल्ने काम गरिरहेको छ । तर, नेपालले भारतको कुनै पनि जमिन अतिक्रमण गरेको छैन,’ उनले भने ।
उनले प्रधानमन्त्री शाहलाई आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिन र संसदको रेकर्डबाट समेत हटाउन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण