११ औं बबिन स्मृति ब्याडमिन्टन : ४५ प्लसमा सञ्जय र अनिल तथा ५५ प्लसमा चन्द्र र गणेशको जोडी विजयी
सारांश
- किङ कङ स्पोर्ट्स क्लबले आयोजना गरेको ११ औं बबिन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ ।
- ४५ वर्षमाथिको पुरुष डबल्समा सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडी तथा ५५ वर्षमाथिको पुरुष डबल्समा चन्द्र कुबेर खापुङ र गणेश चन्दको जोडी विजयी भएका छन् ।
- प्रतियोगितामा प्रत्येक विधाका विजेताले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
काठमाडौँ । किङ कङ स्पोर्ट्स क्लबको आयोजनामा ‘११ औं बबिन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता’ सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत भेट्रान्सतर्फका विभिन्न उमेर समूहमा उपाधि विजेताहरूको टुङ्गो लागेको हो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गरेका छन् । आयोजकका अनुसार प्रत्येक विधामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुने जोडीले ७ हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
४५ वर्षमाथिको पुरुष डबल्स विधामा पीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडी प्रथम भएको छ । त्यस्तै, पीएफसीकै सुरेन्द्र कटुवाल र इन्द्र महताको जोडी द्वितीय हुँदा चन्द्रगिरी ब्याडमिन्टन क्लबका राजकुमार पोखरेल र अमित महर्जनको जोडीले तृतीय स्थान हासिल गर्यो ।
५५ वर्षमाथिको पुरुष डबल्स प्रतिस्पर्धामा नेपाल पुलिस क्लबका चन्द्र कुबेर खापुङ र गणेश चन्दको जोडीले प्रथम स्थान हात पारेको छ । डेविट स्पोर्ट्सका डिल कन्दङ्वा र हस्त गुरुङको जोडी द्वितीय भयो भने जोरपाटीका सुदिप बुढाथोकी र कृष्ण थापाको जोडी तृतीय हुन सफल भयो ।
खुल्ला पुरुष डबल्समा फिटनेस पार्कका सुजन थापा र राम मल्ल ठकुरी प्रथम, एपीएफका क्षितिज खनाल र देवराज राणा द्वितीय तथा सूर्य दर्शनका दीपक राणा र लक्ष्मण मल्ल ठकुरी तृतीय भए। उनीहरुले क्रमशः ४५ हजार, ३० हजार र १५ हजार पुरस्कार प्राप्त गरे ।
खुल्लामा सुजन थापा र राम मल्ल प्रथम हुन सफल भए ।
बबिन स्मृतिको सम्झनामा आयोजित यस प्रतियोगिताले भेट्रान्स खेलाडीहरूका लागि उत्कृष्ट प्लेटफर्म प्रदान गरेको आयोजक किङ कङ स्पोर्ट्स क्लबले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण