बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

घरेलु झगडामा इवामा ६ जनाको हत्या

मङ्गलबार, १९ जेठ २०८३, ११ : ०१
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • अमेरिकाको आयोवा राज्यको मस्काटाइन शहरमा घरेलु झगडामा ६ जनाको मृत्यु भएको छ ।
  • यस घटनाका सन्दिग्ध व्यक्तिले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
  • प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले गोलीकाण्ड घरेलु विवादबाट उत्पन्न भएको संकेत गरेको छ ।

वाशिङटन डीसी । अमेरिकाको आयोवा राज्यको मस्काटाइन शहरमा घरेलु झगडामा ६ जनाको मृत्यु भएको छ । यस घटनाका सन्दिग्ध व्यक्तिले आत्महत्या गरेको प्रहरीले जनाएको छ । मस्काटाइन प्रहरी विभागकाका अनुसार ५२ वर्षीय रायन विलिस म्याकफारल्याण्डलाई मुख्य शंकास्पद व्यक्तिका रूपमा पहिचान गरिएको छ ।

मृतकहरू सबै उनको परिवारका सदस्यहरू भएको विश्वास गरिएको छ । प्रहरी प्रमुख एन्थोनी किजले घटनालाई दुष्टताको कार्य भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।

सोमबार दिउँसो करिब १२ बजे प्रहरीले गोली चलेको सूचना प्राप्त गरेपछि एक घरमा पुग्दा चार जना गोली लागेको अवस्थामा मृत फेला परेका थिए । घटनाका सन्दिग्ध म्याकफाल्र्यान्ड प्रहरी पुग्नुअघि नै घटनास्थलबाट भागेका थिए ।

केही समयपछि उनलाई नदी किनारको पैदलमार्गमा गम्भीर अवस्थामा फेला पारिएको थियो । उनको शरीरमा आफैँले चलाएको गोलीको घाउ रहेको प्रहरीले जनाएको छ । उपचारको प्रयास गरिए पनि घटनास्थलमै उनको मृत्यु भयो ।

त्यसपछि अनुसन्धानका क्रममा प्रहरीले अर्को घरमा एक पुरुषको शव फेला पार्‍यो । थप खोजी गर्दा एउटा व्यावसायिक स्थलमा अर्को व्यक्तिको शव पनि भेटियो । दुवैको मृत्यु गोली लागेर भएको प्रारम्भिक निष्कर्ष छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले गोलीकाण्ड घरेलु विवादबाट उत्पन्न भएको संकेत गरेको छ । सबै मृतकहरू शंकास्पद व्यक्तिका आफन्त रहेको विश्वास गरिएको छ ।

प्रहरी प्रमुख एन्थोनी किजले पीडितहरूको नाम र उमेर सार्वजनिक नगरेको तथा अनुसन्धान अझै जारी रहेको बताएका छन् । सन्दिग्धको यस अघि पनि आपराधिक रेकर्ड रहेको बताइएको भएपनि यसको विवरण  किजले खुलाएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप