अपडेट
पर्साका मुख्यन्यायाधीश रेग्मीको इजलासमा मेयर सिंहविरुद्धको मुद्दा
मङ्गलबार, १९ जेठ २०८३, ११ : ११
सारांश
- वीरगन्जका मेयर राजेशमान सिंहविरुद्ध लिखतसम्बन्धी कसुरमा परेको मुद्दा पर्सा जिल्ला अदालतका मुख्यन्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा परेको छ।
- यो मुद्दामा अब बयान लिने, थुनछेक बहस गर्ने र त्यसपछि अदालतले थुना, धरौटी वा साधारण तारेखमा छाड्नेबारे आदेश दिनेछ।
- पर्सा प्रहरीले मेयर सिंहलाई पक्राउ गरी आजै अदालतमा हाजिर गराएको थियो।
वीरगन्ज । लिखतसम्बन्धी कसुरमा पक्राउ परेका वीरगन्जका मेयर राजेशमान सिंहविरुद्धको मुद्दा एक नम्बर न्यायाधीशको इजलासमा परेको छ ।
जिल्ला अदालत पर्साका मुख्यन्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा मेयर सिंहको मुद्दा परेको स्रेस्तादार प्रभाकर मल्लिकले बताए ।
उनका अनुसार अब उक्त मुद्दामा बयान लिने काम सुरु हुनेछ, त्यसपछि थुनछेक बहस हुनेछ ।
बहसपछि अदालतले मेयर सिंहलाइ पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्नेबारे आदेश दिनेछ।
पर्सा प्रहरीले मेयरलाइ आजै पक्राउ गरेर अदालतमा हाजिर गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण