मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठक बस्न ढिलाइ

मङ्गलबार, १९ जेठ २०८३, १४ : ३९
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • मङ्गलवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक २:३० बजेसम्म पनि सुरु हुन सकेको छैन।
  • बैठकको कार्यसूचीमा राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी पत्रको जानकारी, आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने प्रस्ताव, तथा बजेटमाथिको सामान्य छलफल समावेश छन् ।
  • विपक्षी दलहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै बैठक अवरोध कायमै राख्ने तयारी गरेका छन्।

काठमाडौँ । मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको छ। बैठक साढे २ बजेसम्म पनि सुरु हुन नसक्नुको कारण संसद् सचिवालयले खुलाएको छैन।  

आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी पत्रको जानकारी, आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने प्रस्ताव, तथा बजेटमाथिको सामान्य छलफल समावेश छन्।

‘तर, बैठक अझै प्रारम्भ हुन सकेको छैन’, रास्वपा सांसद रञ्जु दर्शनाले भनिन् । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी गलत अभिव्यक्ति सच्याउन माग गर्दै बैठक अवरोधलाई कायमै राख्ने तयारी गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप