ट्रम्पको आग्रहपछि नेतन्याहुले बेरुतमाथिको आक्रमण योजना गरे स्थगित
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बेरुतमाथि आक्रमण गर्ने योजना स्थगित गरेका छन् ।
- ट्रम्पले सामाजिक सञ्जालमा नेतन्याहुलाई ठुलो आक्रमण नगर्न अनुरोध गरेपछि उनले आफ्ना सैनिकहरूलाई फर्काएको बताएका छन् ।
- अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार दुई नेताबीचको टेलिफोन वार्ता तनावपूर्ण रहेको र ट्रम्पले नेतन्याहुलाई अमेरिकाको समर्थनबिना राजनीतिक अवस्था कठिन हुने चेतावनी दिएको दाबी गरिएको छ ।
वासिङ्टन डीसी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बेरुतमाथि आक्रमण गर्ने योजना स्थगित गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतन्याहुसँग लेबनानको राजधानी बेरुतमाथि ठुलो सैन्य आक्रमण नगर्न आग्रह गरेपछि नेतन्याहुले उक्त योजना स्थगित गरेको बताइएको छ । ट्रम्पले सोमबार आफ्नो सामाजिक सञ्जालमा लेखे, ‘आज मैले बिबी नेतन्याहुसँग कुरा गरेर बेरुतमा ठुलो आक्रमण नगर्न अनुरोध गरेँ । त्यसपछि उनले आफ्ना सैनिकहरूलाई फर्काए । धन्यवाद, बीबी ।’
‘बिबी’ नेतन्याहुको प्रचलित उपनाम हो ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार दुई नेताबिच भएको टेलिफोन वार्ता निकै तनावपूर्ण र चर्काे भएको थियो । केही रिपोर्टमा ट्रम्पले नेतान्याहुलाई अमेरिकाको समर्थनबिना उनको राजनीतिक अवस्था निकै कठिन हुने चेतावनीसमेत दिएको दाबी गरिएको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन ।
ट्रम्पको भनाइले हालै इजरायल र लेबनानबीच बढ्दो तनावलाई नियन्त्रण गर्ने प्रयासमा अमेरिका सक्रिय रहेको संकेत गरेको छ । यसअघि पनि अमेरिका र लेबनानले इजरायल तथा हिजबुल्लाहबिच सीमित युद्धविरामका लागि प्रयास गरिरहेका बेला बेरुतमाथि सम्भावित इजरायली आक्रमणबारे चिन्ता व्यक्त गरिएको थियो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण