बेरुतका उपनगरमा आक्रमण गर्न नेतन्याहुको आदेश
सारांश
- इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हिज्बुल्लाहसँगको द्वन्द्व बढेपछि बेरुतका दक्षिणी उपनगरहरूमा आक्रमण गर्न सेनालाई आदेश दिएका छन् ।
- इजरायली पक्षले हिज्बुल्लाहको गढ मानिने बेरुतको दक्षिणी क्षेत्र दाहियेमा रहेका आतंकवादी लक्ष्यहरूलाई निशाना बनाइने बताएको छ ।
- यस आक्रमणको प्रतिक्रियास्वरूप धेरै लेबनानी नागरिकहरू सुरक्षित स्थानतर्फ भागेका छन् र लेबनानले अमेरिकाको मध्यस्थता प्रयासमा भरोसा गरिरहेको छ ।
बेरुत । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानको राजधानी बेरुतका दक्षिणी उपनगरहरूमा आक्रमण गर्न आफ्नो देशको सेनालाई आदेश दिएका छन् ।
हिजबुल्लाहसँगको द्वन्द्व चर्किर्दै गइरहेको समयमा यो आदेश दिइएको हो । इजरायली पक्षका अनुसार हिज्बुल्लाहको प्रमुख गढ मानिने बेरुतको दक्षिणी क्षेत्र दाहियेमा रहेका आतंकवादी लक्ष्यहरूलाई निशाना बनाइनेछ । यो कदम इजरायली नागरिकमाथि भएका आक्रमण र अप्रिलमा अमेरिका मध्यस्थतामा गरिएको युद्धविरामको उल्लङ्घनको प्रतिक्रियास्वरूप भएको नेतन्याहुले बताएका छन् ।
उक्त युद्धविरामले संघर्ष अन्त्य गर्न सकेको छैन ।
नेतन्याहुको घोषणापछि बेरुतको दक्षिणी उपनगरबाट धेरै लेबनानी नागरिकहरू सुरक्षित स्थानतर्फ भागेका छन् । लेबनानका एक वरिष्ठ सरकारी अधिकारीले बीबीसीलाई बताएअनुसार लेबनानले अमेरिकाको मध्यस्थता प्रयासमा भरोसा गर्दै इजरायललाई थप उल्लङ्घन रोक्न दबाब दिन आग्रह गरिरहेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेतन्याहु र लेबनानका राष्ट्रपति जोसेफ औनसँग फोनवार्ता गरेका छन् ।
एक अमेरिकी अधिकारीका अनुसार उनले प्रारम्भिक चरणमा लेबनानी अधिकारीहरूले हिज्बुल्लाहलाई इजरायलमाथिका आक्रमण रोक्न दबाब दिने अनि त्यसको बदलामा इजरायलले बेरुतमा थप सैन्य आक्रमण नगर्ने प्रस्ताव राखेका छन् । यसले क्रमिक रूपमा तनाव घटाउने र युद्धविरामलाई व्यवहारिक रूपमा लागु गर्ने वातावरण बनाउन सकिने अमेरिकी पक्षको दाबी छ ।
इजरायली सेना दक्षिणी लेबनानमा कब्जा जमाउँदै अघि बढेको छ । उनीहरूले हालै लितानी नदी पार गर्दै रणनीतिक रूपमा महत्त्वपूर्ण पहाडमा रहेको ९ सय वर्ष पुरानो ब्युफोर्ट किल्ला नियन्त्रणमा लिएका छन् ।
इजरायली रक्षा मन्त्री इजरायल काट्जले अभियान अझै समाप्त नभएको भन्दै हिज्बुल्लाहको शक्ति पूर्ण रूपमा समाप्त गर्ने लक्ष्य रहेको बताएका छन् । ‘हाम्रो अभियान अझै सकिएको छैन, हामी हिज्बुल्लाहको शक्ति नष्ट गर्न दृढ छौं,’ उनले भने । लेबनानका प्रधानमन्त्री नवाफ सलामले इजरायलमाथि भष्म नीति र सामूहिक दण्ड अपनाएको आरोप लगाएका छन् ।
फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले सर्वाेच्च नेत अली खामेनीको मृत्यु हुने गरी इरानमाथि गरेको हमलाको प्रतिशोधमा मार्च २ मा हिज्बुल्लाहले इजरायलतर्फ रकेट आक्रमण सुरु गरेको थियो । त्यसयता इजरायलले लेबनानभर हवाई आक्रमण र स्थल सैन्य कारबाही विस्तार गरेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएयता हालसम्म ३ हजार ३७१ भन्दा बढी मानिसको मृत्यु भएको छ । मन्त्रालयले मृतकमा नागरिक र लडाकु छुट्याएर तथ्याङ्क दिएको छैन । इजरायलका अनुसार सोही अवधिमा २४ सैनिक र ४ सर्वसाधारण इजरायली नागरिक मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण