रवि र नवीनको भेटबारे के भन्यो भाजपाले ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको टोलीले नयाँ दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेको छ ।
- भेटघाटमा भाजपा अध्यक्ष नड्डाले लोकतान्त्रिक संवाद सुदृढ गर्न र दुई पार्टीबीचको सम्बन्धलाई गहिरो बनाउन यस्ता अन्तरक्रिया सहयोगी हुने बताए ।
- दुई नेताबीच राजनीतिमा युवा पुस्ताको भूमिका र सम्भावनाबारे पनि छलफल भएको थियो ।
काठमाडौँ । नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग नयाँ दिल्लीमा भेटवार्ता गरेको छ । भाजपाको ‘भाजपालाई चिन्नुहोस्’ अभियान अन्तर्गत नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा यो भेटघाट भएको हो ।
भेटघाटका क्रममा रास्वपा प्रतिनिधिमण्डललाई स्वागत गर्दै भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले साझा सभ्यताको सम्पदा, सांस्कृतिक बन्धन र बलियो जनस्तरको सम्बन्धमा आधारित भारत र नेपालबिचको घनिष्ठ एवं ऐतिहासिक सम्बन्धमाथि प्रकाश पारे । यस्ता खाले अन्तर्क्रियाहरूले लोकतान्त्रिक संवादलाई सुदृढ गर्न र भाजपा तथा रास्वपाबिचको पार्टीगत संलग्नतालाई अझ गहिरो बनाउन मद्दत पुग्ने धारणा उनले व्यक्त गरे ।
उनले भाजपाको राजनीतिक यात्रा, विचारधारा, संगठनात्मक संरचना र राजनीतिक संलग्नताका लागि अपनाइने जनता केन्द्रित दृष्टिकोणका बारेमा समेत जानकारी साझा गरे । राष्ट्रिय स्तरदेखि बुथ स्तरसम्मको पार्टीको संगठनात्मक मोडेलबारे स्पष्ट पार्दै उनले तल्लो तहका जनतासँग प्रत्यक्ष र निरन्तर सम्पर्क कायम राख्न भाजपा कार्यकर्ताहरूको भूमिका महत्त्वपूर्ण हुने कुरा बताए ।
अन्तर्क्रियाका क्रममा रास्वपाको प्रतिनिधिमण्डलले भाजपाको सदस्यता वितरण प्रक्रिया, उम्मेदवार चयन प्रणाली र तल्लो तहका कार्यकर्ता पहिचान गरी उनीहरूसँग जोडिने पार्टीको संयन्त्रका बारेमा जिज्ञासा राखेको थियो । ती जिज्ञासाहरूको जवाफ दिँदै अध्यक्ष नवीनले निरन्तर जनसम्पर्क, बुथ स्तरको संलग्नता र लोकतान्त्रिक प्रक्रियामा सर्वसाधारण नागरिकको सहभागिताबाट भाजपाको संगठनात्मक शक्ति निर्माण हुने कुरा स्पष्ट पारे ।
उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विकासमुखी सुशासनको मोडेल चलिरहेको भन्दै विकास, सेवा, सुशासन र कल्याणकारी कार्यहरूको प्रवाह नै भाजपाको जनसम्पर्क र शासन पद्धतिको केन्द्रमा रहेको बताए । यसका साथै दुवै नेताहरूबिच राजनीतिमा जेनजी पुस्ताको बढ्दो भूमिका र सम्भावनाका बारेमा समेत छलफल भयो, जसमा उनीहरूले लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस र भविष्यको नेतृत्व निर्माणमा युवा पुस्ताको योगदानबारे कुराकानी गरे ।
उक्त बैठकमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह, सांसद सञ्जय जैसवाल, सांसद बाँसुरी स्वराज र भाजपाको विदेश मामिला विभागका प्रमुख डा. विजय चौथाईवालेजस्ता नेताहरूको उपस्थिति रहेको थियो ।
बैठकपछि रास्वपाको टोलीले भाजपा मुख्यालयमा रहेको मिडिया सेयरिङ सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो । भेटघाटपछि दिवाभोजसहितको अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो, जसमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, मनोज तिवारी, प्रविण खण्डेलवाल, बाँसुरी स्वराज, हर्ष मल्होत्रा र रामवीर सिंह बिधुडी लगायतका नेताहरूको सहभागिता रहेको जानकारी भाजपाको विदेश मामिला विभागका प्रमुख डा. चौथाईवालेले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह
-
राजस्थान रोयल्स सेटलमेन्ट विवादमा राज कुन्द्रालाई झट्का, लन्डन उच्च अदालतद्वारा ५० लाख डलर फिर्ता गर्न आदेश
-
तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र
-
फेसबुकमा प्राविधिक समस्या, लगइन गर्दा ‘खाता अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश
-
लगातार आठौँ रात अमेरिकाको इरानमाथि हवाई आक्रमण
-
२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण