गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालन गर्ने गण्डकी सरकारको घोषणा
सारांश
- गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालन गर्ने घोषणा गरेको छ।
- संघ सरकारको सहकार्यमा यी दुई उद्योग पुनः सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
- यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा यी उद्योग सञ्चालन गर्ने घोषणा गरे पनि बजेट व्यवस्थापन र संघ-प्रदेश समन्वयको अभाव देखिएको छ।
पोखरा । संघ सरकारको नीति तथा कार्यक्रम र बजेटमा खासै प्राथमिकता नपाएको गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालन गर्न गण्डकी सरकारले चासो दिएको छ ।
मंगलबार आगामी आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकीले संघ सरकारको सहकार्यमा दुवै उद्योग पुनः सञ्चालन गर्ने बताएको हो ।
‘गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालनका लागि नेपाल सरकारसँग समन्वय गरिने छ,’ प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
दुबै उद्योग सञ्चालन गर्ने घोषणा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावका बेला घोषणा गरेको थियो । तर, सोही अनुसार बजेट भने व्यवस्थापन गरिएको छैन । न यी कारखानाबारे संघले प्रदेशसँग कुनै समन्वय गरेको छ ।
यही उद्योग चलाउन प्रदेशले भने संघसँग सहकार्य गर्ने घोषणा गरेको हो । त्यसो त, अघिल्ला नीति तथा कार्यक्रममा समावेश भएर पनि यी उद्योग सञ्चालनको ठोस प्रयास भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण